rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
राजविराज नपा प्रमुख शम्भु यादवलाई मातृ शोक 2076/03/22 राजबिराज नगरपालिका नगर प्रमुख शम्भुप्रसाद यादबलाई मातृ शोक परेको छ । राजबिराज नगरपालिका वडा ११ झल्ही निवासी प्रमुख यादबकी आमा लडुबत्ति देबी यादबको ९७ बर्षको उमेर शनिबार आप्mनै घरमा निधन भएको छ । जेठा छोरा कामेश्वर यादवले दागबत्ति दिँदै हिन्दु परम्परा अनुसार आइतबार झल्हीमै दाहसंस्कार सम्पन्न गरिएको छ । स्व यादबको ४ छोरा र तिन छोरी मध्ये प्रमुख यादव माईलो छोरा हुन् । .... विस्तृत
चार सन्तानसहित महिला सप्तकोशीमा हामफालिन, आमा र छोराको सकुशल उद्दार, तीन बच्चा अझै बेपत्ता 2076/03/21 राजविराज÷सप्तकोशी नदीमा चार सन्तानसहित हामफालेकी एक महिला र उनको एक छोरालाई प्रहरी र स्थानियवासीले जिवित्तै उद्दार गरेको छ । बाँकी तीन बच्चा भने वेपत्ता छन् । सिरहाको गोलबजार नगरपालिका ८ की ३५ वर्षिया रोशना खातुन तथा उनका पाँच वर्षिय छोरा तहसिललाई प्रहरी र स्थानियवासीले बेहोस अवस्थामा उद्दार गरेका हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सप्तकोशी नदीको दक्षिण भागमा चार बच्चासहित रोशना शुक्रबार राती हामफालेकी थिइन् । ..... विस्तृत
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 2076/03/21  राजविराज÷सप्तरीको खडक नगरपालिका ५ स्थित पूर्व पश्चिम राजमार्गमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । .... विस्तृत
खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा पक्राउपछि सार्वजनिक 2076/03/20  सप्तरीको सुरुङ्गा नगरपालिका १ चहका टोलका ३३ बर्षिय जंगबहादुर पुलामीलाई आप्mनै आमाको खुकुरी प्रहार गरी विभत्स हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको छ ।  जंगबहादुरले विहिबार साँझ आफ्नै ६४ बर्षिय आमा धनमायाको टाउँको, घाटी र अनुहारमा खुकुरी प्रहार गरी निर्मम हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले जंगबहादुरलाई घरबाटै पक्राउ गरेको हो । ..... विस्तृत
पगरीवालाको निधनप्रति दुःख ब्यक्त  2076/03/20  समाजवादी पार्टी नेपाल सप्तरीले सप्तरीका सामाजिक अभियानका अग्रज ब्यक्तित्व उपेन्द्र नारायण चौधरी थारु (पगरीवला) को निधनप्रति दुःख ब्यक्त गरेको छ । .... विस्तृत
सीप सिकेर जान सुझाव 2076/03/19  वैदेशिक रोजगारलाई थप सुरक्षित र लाभदायि बनाउन स्थानीय सरकारले थप कार्यक्रमका साथै नयाँ योजनाहरु ल्याउनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बिहीबार सम्पन्न सुरक्षित बैदेशिक रोजगार प्रवद्र्धनका लागि समुदायस्तरिय अभिुमखीकरण कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् । .... विस्तृत
विकासका लागि मानसिकतामा परिवर्तन  ल्याउनु आवश्यक ः मन्त्री उपेन्द्र यादव  2076/03/19  उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले विकासका साथ साथै शिक्षा, स्वास्थ्य, आर्थिक लगायतका क्षेत्रमा प्रदेश २ अत्यन्त पछाडी रहेको बताएका छन् । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयको बुधबार राजविराजमा उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले सो कुरा बताउँदै यसका लागि विकासको मानसिकतामा परिवर्तन ल्याउनु पर्ने आवश्यकता रहेको उल्लेख गरे । ..... विस्तृत
६ महिनामा २१ वटा बलात्कारको घटनामा २२ बालिका पीडित 2076/03/19  नेपाल मानव अधिकार वर्षपुस्तक २०२० का लागि राजविराजमा अर्धबार्षिक पूर्व समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । इन्सेक सप्तरीका अनुसार सन् २०१९ को ६ महिनाको अवधिमा ८५ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना संकलन गरिएको छ । ..... विस्तृत
औद्योगिक क्षेत्रले मनायो वार्षिकोत्सव 2076/03/19  सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रले आफ्नो ३२ औं वार्षिकोत्सव बुधबार मनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन समितिको आयोजनामा मनाइएको वार्षिकोत्सवको अवसरमा वक्ताहरुले औद्योगिक क्षेत्रमा विगत भन्दा राम्रो व्यवस्थापन भएको बताएका छन् । .... विस्तृत
एक बालकसहित तीनको मृत्यु 2076/03/18 सप्तरीको छुट्टाछट्टै स्थानमा भएको घटनामा परि एक बालकसहित तीन जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियास्थित पोखरीमा डुबेर स्थानिय ४ वर्षीय बालक सहप शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । ..... विस्तृत
वैदेशिक रोजगारलाई सुरक्षित बनाउन जनप्रतिनीधिको सामाजिक दायित्व हो ः प्रमुख साह 2076/03/18  सप्तरीको डाक्नेश्वरी नगरपालिका प्रमुख शिवनारायण साहले वैदेशिक रोजगारलाई सुरक्षित तथा लाभदायी बनाउन सबै सरोकारवाला तथा जनप्रतिनीधिहरुको सामाजिक दायित्व रहेको बताएका छन् ।  नगरपालिकाको सहयोगमा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजनामा मंगलबार आयोजित वैदेशिक रोजगार प्रवद्र्धनको लागि समुदाय स्तरीय अभिमुखिकरण कार्यक्रममा प्रमुख साहले सो कुरा बताएका हुन् । ..... विस्तृत
प्रहरी हवल्दारमाथी आफ्नै काकीलाई बोक्सीको आरोपमा कुटपिट गर्दै आएको आरोप 2076/03/16  नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै काकीलाई बोक्सीको आरोप लगाउँदै पटक पटक कुटपिट गर्दै आइरहेको पीडितद्वारा आरोप लगाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढा निवासी ५३ वर्षिया जशोधियादेवी यादवले आफ्नै भतिजा हवल्दार कमलदेवले पटक पटक बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् ।..... विस्तृत
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई  2076/03/15  सिचाईको भरपर्दो ब्यवस्था तथा पर्याप्त वर्षा नहुँदा असारको दोश्रो सातासम्म सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई भएको छ । जिल्लाको अधिकांश स्थानमा खेती योग्य जमिन भएपनि सिंचाईको अभाव र समयमा बर्षा नहुँदा जमिन अहिले पनि बाँझो रहेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । .... विस्तृत
धान रोपेर दही, च्युरा र आँप खाँदै दिवस मनाइयो 2076/03/15 १६ औ धान दिवसको अवसरमा राजविराज नगरपालिका वडा नं. १४ को मधेपुरामा आइतबार  धान रोपेर दही, च्युरा र आँप खाँदै मनाइएको छ । राजविराज नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष सोभलाल मण्डलको प्रमुख आतिथ्य तथा सेभ द सप्तरीका अध्यक्ष धुव्र देवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि, अतिथि एवं सहभागिहरुको संयुक्त रुपमा धान रोपेर धान सो दिवस मनाएका हुन् ।..... विस्तृत
प्रदेश २ सरकारले विभेद ग¥यो ः जनयुद्धका  शहीद, बेपत्ता तथा घाइते परिवार 2076/03/14   राजविराज÷माओवादी सशस्त्र द्वन्द्व र जनयुद्धका शहीद, बेपत्ता तथा घाइते परिवारले प्रदेश २ सरकारले शहीद र घाइेत परिवारलाई दिने सेवा सुविधामा विभेद गरेको आरोप लगाएका छन् ।  राजविराजमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी शहीद, बेपत्ता तथा घाइते परिवारले प्रदेश सरकारले मधेश आन्दोलनका शहीद र घाइते परिवारलाई मात्र प्रदेशमा उपलब्ध सेवा सुविधा दिई आफूहरुको उपेक्षा गरेको आरोप लगाएका हुन् ।..... विस्तृत
प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत कब्जा गरिएको जग्गा खाली भएन 2076/03/14  राजविराज÷आफ्नै जग्गामा जबरजस्ती अरुले कब्जा गरेर उपभोग गर्दै आएपछि विगत २० वर्षदेखी राजविराज नगरपालिका ९ निवासी मो. इद्रिश मियाँ जग्गा धनी पुर्जा बोकेर प्रहरी, प्रशासन र जनप्रतिनिधिसम्म पुग्दा समेत उक्त जग्गा खाली गराउन सकेका छैनन् । ..... विस्तृत

 

  • 1
  • ...
  • 297
  • 298
  • 299
  • 300
  • 301
  • 302
  • 303
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.