पत्रकार महासंघद्वारा प्रेस स्वतन्त्रता विरोधी घटनाको छानबिन गरी दोषीउपर कानुनी कारबाहीको माग 2081/04/24 समाचार संकलनका क्रममा सप्तरीमा पत्रकारमाथि दुव्र्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।  महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा सप्तरीको राजगढ गाउँपालिकामा विभिन्न माग राखी स्थानीय बासिन्दा र उक्त पालिकाका बहुमत जनप्रतिनिधिले गरिरहेका चरणवद्ध आन्दोलनको समाचार संकलनका क्रममा पत्रकारमाथि पालिका अध्यक्ष ओमप्रकाश मण्डलले गरेको दुव्र्यवहार र समाचार संकलनमा गरिएको अवरोधको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।.... विस्तृत
आफ्नो करतुत लुकाउन अध्यक्षद्वारा लठैत प्रयोग गरि पत्रकारमाथि दुव्र्यहार 2081/04/22    सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले आफ्नो करतुुत लुकाउन लठैत प्रयोग गरि मंगलबार दुव्र्यहार गरेका छन् ।  गैरकानुनी रुपमा गरिएको गाउँसभा रद्द गरि पुनः अर्को गाउँसभाको माग गर्दै आन्दोलनरत जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।      सोही समाचार संकलनमा गएका पत्रकारहरुमाथी अध्यक्ष मण्डल तथा उनका लठैतले अभद्र व्यवहार गरेका हुन् । रिपोटिङमा गएका पत्रकारहरुलाई थुन्नुका साथै लठैत लगाएर माइक खोस्दै दुव्र्यवहार समेत गरे । ... विस्तृत
प्रधानमन्त्री आँप जोन कार्यक्रम ः “उपलब्धी भन्दा भ्रष्टाचार बढी”, ३० करोड बढीको लगानी, ५० लाखकोे घर हावाहुरीले उडायो  2081/04/21  मधेश प्रदेशको सप्तरी र सिरहा जिल्लामा आँप किसानलाई लक्षित गरेर विगत पाँच वर्षदेखी प्रधानमन्त्री आँप जोन कार्यक्रम सुरु कस्गरिएको छ । तर उक्त कार्यक्रमको उपलब्धी भन्दा भ्रष्टाचार नै बढी देखिएको छ ।  सप्तरीको सुरुङ्गा नगरपालिकास्थित मधुपट्टीमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालयबाट सप्तरीमा आर्थिक वर्ष २०७३÷७४ देखि आँप जोन कार्यक्रम पाँच वर्षसम्म चलेको तथ्याङ्क देखाएको । अहिले पनि यस जिल्लामा सामान्य रुपमा सो कार्यक्रम चलिरहेको छ । यता सिरहामा भने आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रमले निरन्तरता पाएको छ । .... विस्तृत
महासंघले ग¥यो संघर्षका कार्यक्रम घोषणा, राजनैतिक दवाबमा प्रहरीले पत्रकारलाई धम्क्याउने व्यक्तिलाई पक्राउ गर्न देखाएन गम्भिरता  2081/04/16 पत्रकारलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गर्न गम्भिरता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरी शाखाले चरणबद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।  महासंघका सचिव रामनारायण विश्वासद्वारा बुधबार जारि विज्ञप्तिमा सो प्रकरणमा ’राजनीति’ गन्धसमेत आभाष भएको ठहर गर्दै पत्रकार महासंघको पहिलो प्राथमिकता पत्रकारको सुरक्षा नै भएको र त्यसमा सप्तरी प्रहरीले सक्रियता र गम्भीरता दुवै नदेखाएकोले पहिलो चरणको संघर्ष कार्यक्रम घोषणा गरिएको जनाइएको छ ।.... विस्तृत

 

ताजा अपडेट