आन्दोलनका क्रममा मृत्यु भएका चारै जनाको शवयात्रा पश्चात् अन्त्येष्ठि फोरम अध्यक्ष उपेन्द्र, सद्भावना अध्यक्ष राजेन्द्र र तमसपा अध्यक्ष महेन्द्रसहित हजारौंद्वारा श्रद्धाञ्जली 2072/08/13 राजविराज÷जारी मधेश आन्दोलनका क्रममा गत शनिबार र आइतबार गरि सप्तरीमा चारजनाको मृत्यु भएपछि शनिबार उनीहरुको शवयात्रा पश्चात् अन्त्येष्ठि गरिएको छ । शवयात्रा पश्चात् चारै जनाको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टि गरिएको मोर्चाले जनाएको छ । शवयात्राका क्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र राय यादवसहित हजारौं जनताले श्रद्धाञ्जली अर्पण गरेका छन् ।..... विस्तृत
प्रहरी ज्यादती बिरुद्ध स्वास्थ्यकर्मीहरु आन्दोलित आकस्मिक र प्रसुती सेवा बाहेक सम्पूर्ण सेवा ठप्प 2072/08/11 दैनिक संवाददाता राजविराज, १० मंसिर । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले ज्यादती, दमन र कुटपिट गरेको बिरोधमा सोमबारदेखी सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । गत आइतबार प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।..... विस्तृत
सरकारले मुलुकमा गृहयुद्ध गराउन खोजिरहेको छ ः महतो 2072/08/11 दैनिक संवाददाता राजविराज, १० मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा सम्प्रदायिक दंगाको नारा दिँदै मुलुकमा गृह युद्ध भड्काउन खोजिरहेको आरोप लगाउनु भएको छ । सद्भावना पार्टी सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले विगत एकसय चार दिनदेखी मधेशमा जारि शान्तिपूर्ण आन्दोलनका क्रममा मधेशीहरुले कुनै सम्प्रदायिकता फैलाउन नखोजेको तर, अहिले सरकारको निर्देशनमा प्रहरीले मधेशका जिल्लाहरुमा सम्प्रदायि दंगा फैलाउन खोजेको आरोप लगाउनु भयो ।..... विस्तृत

 

ताजा अपडेट