सभासद् अशोक मण्डल विरुद्धको उजुरीमा सक्कल फाइल झिकाउन अदालतको आदेश 2070/12/20 दैनिक संवाददाता काठमाडौँ, १९ चैत । सभासद् अशोककुमार मण्डल विजयी भएको सप्तरी क्षेत्र नम्बर २ अन्तर्गत को. बर्साइन गाविसस्थित राजाजी राप्रावि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि संबिधानसभा अदालतले आदेश दिएको छ । उक्त अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले सप्तरी जिल्ला क्षेत्र नम्बर २ को निर्वाचन सम्बन्धि बदरको माग गर्दै निर्वाचन आयोगको सो निर्देशनको सक्कल फाइल, निर्वाचन अधिकृतले लेखेको पत्रको सम्बन्धमा आयोगबाट भएको कारबाही र को. बर्साइन गाविसस्थित राजाजी रा प्रा वि मा भएको निर्वाचन रद्द हुनुपूर्व बुझाइएको मतपत्रलगायतका कागजात झिकाउन पनि आदेश दिएको हो । ... विस्तृत
जिउ“दै जलाइएकी गर्भवती नजराना हत्या प्रकरण किटानी जाहेरीको आधारमा कर्तव्य ज्यान मुद्दा दर्ता 2070/11/28 नवीनकुमार गुप्ता राजविराज, २७ फागुन । अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा सप्तरी सदरमुकाम राजविराजमा शनिबार जिउँदै जलाइएकी नजरानाको हत्या भएको प्रमाणहरु सप्तरी प्रहरीले फेला परेको जनाएको छ । मृतक नजरानाकी बुवा फुलहुसैन खानले जिल्ला प्रहरी कार्यालय सप्तरीमा दिएको किटानी जाहेरी र घटनास्थलको स्थितीलाई मध्यनजर गर्दै प्रहरीले थालेको अनुसन्धानको क्रममा नजरानाको हत्या भएको हुनसक्ने प्रमाणहरु फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।... विस्तृत

 

ताजा अपडेट