४८ घण्टाभित्र माग पुरा नभए औषधी व्यवसायी आन्दोलनमा उत्रने चेतावनी 2072/08/23 दैनिक संवाददाता राजविराज, २२ मंसिर । प्रहरीले गरेको कुटपिट र दुव्यवर्हार घटनाको घोर भत्सर्ना गर्दै औषधि व्यवसायी संघर्ष समिति सप्तरीले मंगलबार प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएका छन । अंचल अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरुको जायज माग ४८ घण्टाभित्र सम्बोधन गर्नुपर्ने माग गर्दै नेपाल औषधि ब्यवसायी संघ सगरमाथा अंचल कमिटि औषधि व्यवसायी संघर्ष समिति सप्तरीका संयोजक प्रमोद कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पठाएका हुन ।..... विस्तृत
स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग 2072/08/22 दैनिक संवाददाता राजविराज, २१ मंसिर । मधेशी मोर्चाले सप्तरीले जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको जायज मागलाई यथाशिघ्र पुरा गर्न राज्य पक्षसँग माग गरेको छ । मोर्चाका सुचना तथा संचार समितिका संयोजक अमरनाथ मण्डलद्वारा सोमबार जारी विज्ञप्तीमा सप्तरीका सम्पुर्ण संघसंस्थाहरु विगत दुई सात्तादेखि पुर्ण रुपमा ठप्प रहेका कारणले जिल्लाका विरामीहरुलाई दिनप्रतिदिन समस्या उत्पन्न हुनुका साथै बाध्यतावश धरान, विराटनगर लगायतका जिल्लामा उपचार गराउँन बाध्य भएका छन भने जिल्लावासीहरु बिचल्लीमा परिरहेको अवस्थामा सरकारी पक्षबाट हालसम्म आन्दोलनको मागलाई सम्बोधन नगर्नु सरकारी पक्षको गैर जिम्मेवारीपनको पराकाष्ठा नै नाघेको ठहर गरिएको छ ।..... विस्तृत
नेपालको संविधान समावेशी हुनुपर्नेमा भारतको जोड मधेशी मोर्चाका नेताहरु दिनभरी भेटघाटमा व्यस्त 2072/08/22 दैनिक संवाददाता राजविराज, २१ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालमा जारी मधेस आन्दोलन सम्बोधन भएमात्र नेपाल–भारतबीच अहिले देखिएको परिस्थिति सहज हुने बताएकी छन । भारतको निमन्त्रणामा नयाँदिल्ली आइपुगेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग आइतबार भएको भेटमा स्वराजले त्यस्तो धारणा व्यक्त गरेकी हुन् । दिल्ली आएका मोर्चाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र यादवलाई स्वराजले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा रात्रिभोज पनि दिएकी थिइन् ।..... विस्तृत
मानवअधिकारको टोली फिर्ता बोलाइएको कार्यको भत्र्सना अस्पताल सूचारु गर्न निकायलाई बौद्धिक समाजको अपील 2072/08/21 दैनिक संवाददाता राजविराज, २० मंसिर । बौद्धिक समाज सप्तरीले नेपालमा जारि मधेश आन्दोलनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगले मधेशबाट आफ्नो अनुगमन टोली फिर्ता बोलाएको कार्यप्रति भत्र्सना गरेको छ । आइतबार राजविराजमा पत्रकार सम्मेलन गरि समाजका संयोजक अमरकान्त झाले मधेशी जनताको विश्वमै उदाहरणीय रहेको शान्तिपुर्ण आन्दोलनलाई बदनाम गराउन र दमनकारी सरकारलाई सहयोग पु¥याउने उद्देश्यले मधेशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै आयोगको टोलीलाई फिर्ता बोलाउने कार्यको घोर भत्र्सना गर्दै आफ्नो दायित्व अनुसार दायित्वको निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध समेत गरेको छ । .... विस्तृत

 

ताजा अपडेट