प्रहरी ज्यादती बिरुद्ध स्वास्थ्यकर्मीहरु आन्दोलित आकस्मिक र प्रसुती सेवा बाहेक सम्पूर्ण सेवा ठप्प 2072/08/11 दैनिक संवाददाता राजविराज, १० मंसिर । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचलका चिकित्सक तथा कर्मचारीहरुलाई प्रहरीले ज्यादती, दमन र कुटपिट गरेको बिरोधमा सोमबारदेखी सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मीहरु अस्पतालको प्राङणमा धर्नामा बसेका छन् । गत आइतबार प्रहरीले अस्पतालभित्र चिकित्सक, स्वास्थ्यकर्मीहरु तथा कर्मचारीहरु माथी गरेको कुटपीट तथा देखाएको अमानविय व्यवहारप्रति सप्तरीका सम्पूर्ण टे«ड युनियन पदाधिकारीहरु आन्दोलित भएका हुन् ।..... विस्तृत
सरकारले मुलुकमा गृहयुद्ध गराउन खोजिरहेको छ ः महतो 2072/08/11 दैनिक संवाददाता राजविराज, १० मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले मुलुकमा सम्प्रदायिक दंगाको नारा दिँदै मुलुकमा गृह युद्ध भड्काउन खोजिरहेको आरोप लगाउनु भएको छ । सद्भावना पार्टी सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष महतोले विगत एकसय चार दिनदेखी मधेशमा जारि शान्तिपूर्ण आन्दोलनका क्रममा मधेशीहरुले कुनै सम्प्रदायिकता फैलाउन नखोजेको तर, अहिले सरकारको निर्देशनमा प्रहरीले मधेशका जिल्लाहरुमा सम्प्रदायि दंगा फैलाउन खोजेको आरोप लगाउनु भयो ।..... विस्तृत
मोर्चाद्वारा आन्दोलनका क्रममा संचारकर्मी तथा प्रेसमाथी भएको आक्रमणको भत्र्सना मोर्चा बारे गरिएको गलत तथा भ्रामक प्रचारमाथी नलाग्न आग्रह 2072/08/09 दैनिक संवाददाता राजविराज, ८ मंसिर । मधेशी मोर्चाले अधिकार प्राप्तिको आन्दोलन अधिकार प्राप्त नभएसम्म जारी रहने तथा आन्दोलनमा सम्पुर्ण पक्षलाई सहयोग गर्न अनुरोध गरेको छ । अधिकार प्राप्तिको निर्णायक मधेश आन्दोलनलाई थप सशक्त एवं व्यवस्थित बनाउने सन्दर्भमा सप्तरीका पत्रकारहरुसँग मधेशी मोर्चाले मंगलबार अन्तरक्रिया कार्यक्रमको मोर्चाले यस्तो अनुरोध गर्दै सदा झै अधिकार प्र्राप्तिको आन्दोलनमा सहयोग र सदभावको अपेक्षा समेत राखेको छ ।..... विस्तृत

 

ताजा अपडेट