वनसखण्डीमा पुजा गर्दा पानी र सालको रुखमा आँप फल्छ 2079/05/28  सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित बावा वनसखण्डीको मन्दिर अहिले ओझेलमा पर्दै गएको छ । धार्मिक पर्यटकिय स्थलको रुपमा विश्वास गर्ने भनिए पनि सम्बन्धित निकायको उदासिनताले तीन सय वर्ष इतिहास बोकेको प्रसिद्ध र पवित्र स्थल ओझेलमा परेको हो । मन्दिरका मुल पुजारी ७२ वर्षिय कोकन दासका अनुसार यहाँ खडेरीका बेला बर्षाका लागि जिल्लाका प्रशासक तथा जनप्रतिनीधी समेतको उपस्थितीमा पानी माग्दै विशेष पुजाआजा हुने गर्छ । यहाँस्थित सालको रुखमा आँप फल्ने चमत्कारीक दृश्य देख्न पाइने यस स्थलमा अन्य मनोकाँक्षा लिएर समेत श्रद्धालु भक्तजनहरुले पुजा आजा गर्ने र इच्छित मनोकामना पुरा हुने मूल पुजारी दास वताउँछन् । ..... विस्तृत
माओवादीले सप्तरी क्षेत्र नं. २ मा  प्रतिनिधिसभा तथा प्रदेशसभा १  बाट कसैको नाम सिफारिस गरेन 2079/05/26  मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र सप्तरीले क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य तथा सोही क्षेत्रको प्रदेशसभा १ बाट कसैको नाम सिफारिस गरेको छैन । यसअघि यो क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत तथा लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता जयप्रकाश ठाकुरको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ । गत निर्वाचनमा यो क्षेत्रबाट जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । ..... विस्तृत

 

ताजा अपडेट