उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 

राजविराज राजविराज
|
शुक्रबार, माघ १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 

सारांश

  •     गत पुस १४ मा सम्पन्न निर्वाचनबाट अधिवक्ता हरेराम यादव नेतृत्वमा निर्वाचित पदाधिकारी तथा पार्षदहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता धिरेन्द्र प्रसाद यादवले पद तथा गोप्यनीयताको सपथ गराएका हुन् ।
  •       राजविराज उच्च बारका अध्यक्ष भरत प्रसाद यादवको अध्यक्षतामा आयोजित पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलाशका बरिष्ठतम न्यायाधीश वामदेव ज्ञवाली सहितका न्यायधीशहरुले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरे ।
  •     पदस्थापनपछि नव निर्वाचित अध्यक्ष हरेराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मनतव्य दिदै निर्वाचनमा प्रत्यासी उम्मेदवार रहेका बलराम प्रसाद सिंहले वारमा पुस्तकालय र कोषको स्थापना गर्नुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, १२ माघ । 

    राजविराज उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित कार्य समितिको शुक्रवार शपथ ग्रहण तथा पदस्थापन गरिएको छ ।
    गत पुस १४ मा सम्पन्न निर्वाचनबाट अधिवक्ता हरेराम यादव नेतृत्वमा निर्वाचित पदाधिकारी तथा पार्षदहरुलाई निर्वाचन समितिका संयोजक अधिवक्ता धिरेन्द्र प्रसाद यादवले पद तथा गोप्यनीयताको सपथ गराएका हुन् । 
    राजविराज उच्च बारका अध्यक्ष भरत प्रसाद यादवको अध्यक्षतामा आयोजित पदस्थापन तथा सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराज इजलाशका बरिष्ठतम न्यायाधीश वामदेव ज्ञवाली सहितका न्यायधीशहरुले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरे ।
    पदस्थापनपछि नव निर्वाचित अध्यक्ष हरेराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मनतव्य दिदै निर्वाचनमा प्रत्यासी उम्मेदवार रहेका बलराम प्रसाद सिंहले वारमा पुस्तकालय र कोषको स्थापना गर्नुपर्नेमा जोड दिए । 
    उनले कोषको अभावमा आवश्यकता परेको बेला कुनै पनि कानुन व्यवसायीलाई सहयोग गर्न वारलाई कठिनाई भोग्नु परिरहेको समस्या औल्याउदै वर्तमान कार्यसमितिले यसको व्यवस्थापन गर्नुृपर्ने सुझाव दिए ।
    यस्तै उच्च वारका पुर्व अध्यक्ष श्यामनारायण साह, हेमनारायण चौधरी, रामचन्द्र यादव,  अधिवक्ता पुण्यप्रसाद यादवले नयाँ कार्य समितिले सधै देखि वार र बेन्चबीच रहि आएको सुमधुर सम्बन्ध अझ प्रगाढ बनाउँदै आम जनताले सहजरुपमा छिटो छरितो न्याय पाउने तर्फ सदैव अग्रहर रहनुपर्ने जिकिर गरे । 
    जिल्ला बारका पुर्व अध्यक्ष कृपानारायण यादव, पुर्व उपाध्यक्ष मिना देव, नेपाल पत्रकार महासंघका सप्तरीका अध्यक्ष श्रवण कुमार देव सहितकाले नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
    गत पुष १४ मा सम्पन्न उच्च वारको निर्वाचनबाट अध्यक्षमा हरेराम यादव, उपाध्यक्षमा धर्मेन्द्र यादव, सचिवमा दानोकुमारी चौधरी, कोषाध्यक्षमा उमाशंकर देव, सदस्यहरुमा दिनेशकुमार सिंह, डा.शिवनारायण यादव, डा.संतोषकुमार चमन, रामचन्द्र मंडल, कौशलकिशोर दत्त, राजकुमार टरैत र नित्यदेव प्रसाद यादव निर्वाचित भएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह