दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन गर्ने भएको छ ।
कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्देश्यले गाउँपालिकाले पालिका भित्र सो डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको हो ।
माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातख्स् वटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको कुल कृषि योग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीको भनाई छ । ’म्यापिङ्ग गरे पश्चात जग्गाहरूको फोसफोरस, पोटास, नाइट्रोजन, ओरगेनिङ्ग मेटर, टेक्सटल, जमिनहरुको किसिम लगायतको विषयबस्तुको डाटा पाउँछौँ,’ अध्यक्ष चौधरीले भने, ’कुन जग्गाको अवस्था के छ, कुन जग्गामा मल खाद्यको लागि के रणनीति बनाउनुपर्छ थाहा हुन्छ ।’
उनले यो कार्यले सन्तुलित मलखाद्यको प्रयोग हुने र कृषि उत्पादन बढाउन तथा विषादीरहित उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला संचालन हुने
सारांश
- कृषिलाई आधुनिकीकरण गरि उत्पादन बढाउने उद्देश्यले गाउँपालिकाले पालिका भित्र सो डिजिटिल सोइल म्यापिङ्ग (कम्प्युटरमा आधारित माटो नक्सांकन) कार्यक्रम गर्न लागेको हो ।
- माटो प्रयोगशाला राजविराजको सहकार्यमा उक्त कार्यक्रम पालिकाको सातख्स् वटै वडामा आयोजना गर्न लागेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
- पहिलो चरणमा पालिकाको ७ वटै वडामा रहेको कुल कृषि योग्य जग्गाको नक्सांकन गरिने अध्यक्ष चौधरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया