हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 

राजविराज राजविराज
|
बिहिबार, बैशाख १७, २०८३
|
|
३३ पटक हेरिएको
Shares
हावाहुरीले एक जनाको मृत्यु, विधुतीय  पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध 

सारांश

  •     प्रहरीका अनुसार बुधवार साँझ ६ः१५ बजेतिर चलेको हावाहुरीले हुलाकी सडकखण्डको पत्थरगाढा चौक नजिकै यात्रु बोकेको सिटी रिक्सा पल्टिदा चेपिएर चालकको मृत्यु भएको छ ।
  • जिल्लाको बोदेबर्साइन नगरपालिका ८ निवासी ४२ वर्षिय भगवान दत्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  •       यस्तै शहरी र ग्रामिण क्षेत्रका दर्जनौ घरको छाना उडाएको छ भने कतिपय स्थानमा सडक मै रुख ढलेका कारण आवागमन ठप्प भएपछि त्यसलाई पन्छाएर आवागन सूचारु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादृुर पुरीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख । 

    बुधबार साँझ वर्षासँगै आएको हावाहुरीले सप्तरीमा एक जनाको मृत्यु भएको छ भने विभिन्न पालिकामा दर्जनौ घर, पसल र विद्युतीय पोलमा क्षती पुगेको छ । 
    प्रहरीका अनुसार बुधवार साँझ ६ः१५ बजेतिर चलेको हावाहुरीले हुलाकी सडकखण्डको पत्थरगाढा चौक नजिकै यात्रु बोकेको सिटी रिक्सा पल्टिदा चेपिएर चालकको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका ८ निवासी ४२ वर्षिय भगवान दत्त साहको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    यस्तै शहरी र ग्रामिण क्षेत्रका दर्जनौ घरको छाना उडाएको छ भने कतिपय स्थानमा सडक मै रुख ढलेका कारण आवागमन ठप्प भएपछि त्यसलाई पन्छाएर आवागन सूचारु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बर बहादृुर पुरीले जानकारी दिए । 
    यता नेपाल विद्युत प्राधिकरण राजविराजका अनुसार जिल्लाका विभिन्न पालिकामा गरी चार दर्जन भन्दा बढी विद्युतीय पोल ढलेका छन । यस्तै राजविराज नगर क्षेत्रमा एक निजि घरको अगाडी पट्टी सिसाले सजाइएको फ्रेम ढलेको छ भने विभिन्न सडकमा रुखहरु समेत हावाहुरीले ढोल्दा बाटो अवरुद्ध भएको छ । विद्युत प्राधिकरण राजविराजका प्रमुख सुनिल कुमार महतोेले अधिकाँश पालिकामा विद्युत विद्युत सेवा प्रभावित भएको र मर्मतको काम जारी रहेको जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
निर्वाचनको सम्पूर्ण तयारी पूरा ः निर्वाचन आयोग
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
स्थानिय र उपभोक्त समितिबीच  विवाद हुँदा बाटो निर्माण काम रोकियो
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन, काँग्रेसका शिव र जसपाका छेदी प्रमुख पदमा भिड्दै
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
मित्रमिलन समारोहमा टिम कालो ८ विकेटले बिजयी
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
एकै दिनमा दुई जनाले गरे आत्महत्या
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वर्षभित्र राजरंगशालालाई पूर्ण रुपमा  निर्माण गरि राष्ट्रिय प्रतियोगिता गराउने  लक्ष्य ः शिक्षा मन्त्रि यादव
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
तीन वडामा महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सञ्चालन गरिने 
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान
उद्योगि व्यावसायीद्वारा प्रहरी प्रमुखलाई सम्मान