फर्सैठमा पुस्तकालय स्थापना 

राजविराज राजविराज
|
शुक्रबार, माघ १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
फर्सैठमा पुस्तकालय स्थापना 

सारांश

  •     सरस्वती पुजाको अवसर पारेर बिहिवार स्थानिय युवाहरूको पहलमा आधारभुत बिद्यालय फर्सैठमा पुस्तकाल स्थापना गरिएको हो ।
  • पुस्तकालय स्थापनाका लागि अमेरिकामा कार्यरत फर्सैठ निवासी हरिवंश यादबसहित चार जना युवाको सहयोगमा ४३ हजार नगदमा पुस्तकालयको शुरूवात गरिएको जनाइएको छ ।
  •     सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले पुस्तकालयको उद्घाटन गर्दै पुस्तकालयवाट युवाहरूलाई कुलतबाट जोगाउन र पढ्ने बानीको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    राजविराज वडा नं. ११ फर्सैठ टोलका जनताहरुको शैक्षिक उत्थानका लागि फर्सैठ युवा क्लवले पुस्तकालय स्थापना गरेको छ ।
    सरस्वती पुजाको अवसर पारेर बिहिवार स्थानिय युवाहरूको पहलमा आधारभुत बिद्यालय फर्सैठमा पुस्तकाल स्थापना गरिएको हो । पुस्तकालय स्थापनाका लागि अमेरिकामा कार्यरत फर्सैठ निवासी हरिवंश यादबसहित चार जना युवाको सहयोगमा ४३ हजार नगदमा पुस्तकालयको शुरूवात गरिएको जनाइएको छ ।
    सो अवसरमा राजबिराज नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मदन बहादुर थापाले पुस्तकालयको उद्घाटन गर्दै पुस्तकालयवाट युवाहरूलाई कुलतबाट जोगाउन र पढ्ने बानीको बिकासमा टेवा पुग्ने बिश्वास ब्यक्त गरे । उनले स्थानिय युवाहरूलाई कुलतबाट जोगाउन पुस्तकालय उपयोगी हुने बताए ।
    यसैगरी बिद्यालय निरिक्षक भोगेन्द्र यादबले किताबतर्फ आकर्सित भएमा युवाहरूलाई कुलतबाट रोक्न सकिने जिकिर गरे । गाउँका युवालाई कुलतबाट जोगाउन सभ्य नागरिक बनाउने उद्देश्यले यस क्षेत्रका युवालाई जागरूप बनाउने लक्ष्य रहेको बताए ।
    त्यस्तै राजबिराज नगरपालीका प्रमुख लेखा अधिकृत उमाशंकर यादबले फर्सैठको बिकासमा टेवा पुग्ने बिश्वासले युवाहरूलाई पढााईतर्फ आकर्सित बनाउन पुस्तकालय स्थापना गरिएको बताए । पुस्तकालयलाई निरन्तरता थप ब्यबस्थित र मर्यादित बनाउन बिद्यालय ब्यबस्थापन समिति तथा फर्सैठ युवा कल्वले थप जिम्मेवार हुनुपर्नेमा उनले जोड समेत दिए । 
    ब्यबस्थापन समितिका सदस्य लक्ष्मण यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासँघ शाखा सप्तरी सहसचिव चन्दनकुमार यादव, लेखापाल जयराम यादब, कृषि संयोजक हरि नारायण यादब, तथ्यांक शाखाका रबिन्द्र कुमार साह, फर्सैठ युवा क्लवका बरिष्ठ उपाध्यक्ष देवनारायण यादब, स्वास्थ शाखाका शिव नारायण देव, समाजसेवी शिवनारायण यादब, बिद्यालयका शिक्षक महेश साहलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
    कार्यक्रममा हरिवंशका बुवा शिव नारायण यादबले बिद्यालयका प्रधानाध्यापक रामदेव यादबलाई पुस्तकालयको सामग्रीहरू हस्तान्तरण समेत गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
सुख्खा खाना राख्ने सामाग्रि बितरण
सुख्खा खाना राख्ने सामाग्रि बितरण
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
प्रतिष्ठान निर्माणमा दबाब दिन सुरु गरिएको  हस्ताक्षर अभियान तेश्रो दिन पनि जारि
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
पैगम्वर हजरत मोहम्मदको जन्मोत्सव मनाइयो 
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
मलेठ घटनाका सहिदको सम्झनामा आज सार्वजनिक विदा
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट 
उच्च अदालतले ग¥यो ४ हजार ३ मुद्दा फछर्यौट