राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 

राजविराज राजविराज
|
सोमबार, भाद्र १५, २०७७
|
|
२२ पटक हेरिएको
Shares
राजविराज, हनुमाननगर र तिलाठी कोइलाडीमा पुनः एक साता निषेधाज्ञा 

सारांश

  •     जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
  •          बैठकले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
  •       पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञामा केही परिमार्जन गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
    जिल्ला प्रशासन कार्यालय सप्तरीले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि जारी गरिएको निषेधाज्ञा समय सोमबार राति १२ बजे सकिएपछि आजदेखी पुनः निषेधाज्ञा जारि भएको हो । यो निषेधाज्ञा भदौं २२ गते राती १२ बजेसम्म कायम रहने छ । 
    जिल्ला प्रशासन कार्यालयमा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको सोमवार बसेको बैठकमा तीन घण्टा लामो छलफल पश्चात निषेधाज्ञाको म्याद थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।     
    बैठकले राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेको ठहर गर्दै निषेधाज्ञा अवधिमा तिन वटै स्थानीय तहमा रहेका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ । 
    पछिल्ला दिनमा कोरोनाको संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले निषेधाज्ञामा केही परिमार्जन गरेको छ । राजविराज नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी नगरपालिकामा बिहान १० जबेसम्म अत्यावश्यक सामाग्रिको पसल खोल्ने निर्णय गरेको छ । 
    बाँकी १५ वटा स्थानिय तहमा सरकार, मन्त्रिपरिषद्को निर्णयद्वारा हाल संचालनमा रोकिए बाहेकका पसल, सेवा र व्यवसाय संचालन गर्दा तोकिएको बमोजिमका स्वास्थ्य सतर्कता सम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने जनाइएको छ । यस्तै सामाजिक दुरीलाई ध्यानमा राखेर भिडभाड नगरी अत्यावश्यक सामग्री र सेवाका सबै पसल, प्रतिष्ठान र कार्यालय खोल्न छुट दिइने निर्णय भएको छ भने साप्ताहिक हाट, बजार संचालनमा रोक लगाइएको छ ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
सुरक्षा निकायका कार्यालयमा ३१ लाख ८५ हजार बराबरको क्षति
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
आगोले जलेर गम्भिर भएकी निरसीलाई उपचार खर्चको अभाव
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना  लेखिएको पर्चासहित चौधरी पक्राउ
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
मन्दिर समितिद्वारा विषादीयुक्त सय किलो मिठाइ नष्ट
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक ः मुख्यमन्त्री सिंह
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
करदाता सेवा कार्यालय यथावत  नराखिए आन्दोलन चर्काउने चेतावनी 
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान
लागुऔषधसहित पक्राउ परेका दुई कारागार चलान
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
सप्तरीमा पहिलो पटक ८ देखि १३ वर्ष  उमेर समुहको फुटवल प्रतियोगिता
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने 
किसानको विद्युत् महसुल छिन्नमस्ता गाउँपालिकाले तिर्ने