एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कक्षा कोठा भवन र बिरामीका आफन्तका लागि कुरुवा घर तथा तिरहुत गाउँपालिकाको त्रिकौल बैरवामा धर्मशाला र विवाह मण्डपको छुट्टाछुट्टै कार्यक्रमबीच मन्त्री साहले उद्घाटन गरेका हुन् ।
  •       हनुमाननगर कंकालिनी नगरपालिका १० भगवानपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा सामाजिक विकास मन्त्रालयको २० लाखको लागतमा निर्माण भएको २ कोठे भवनको मन्त्री साहले उद्घाटन गरे ।
  •     त्यसैगरि सोही नगरपालिका ७ स्थित स्वास्थ्य चौकीमा संसदीय विकास कोषबाट निर्मित कुरुवा घर  र तिरहुत गाउँपालिका १ स्थित त्रिकौल बैरवामा पनि संसदीय विकास कोषको ९० लाख रुँपैयाको लागतमा निर्माण गरिएको धर्मशाला र विवाह मण्डपसमेतको मंगलकारै मन्त्री साहले उद्घाटन गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ४ फागुन । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एकै दिन तीन नवनिर्मित संरचनाको उद्घाटन गरेका छन् । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा कक्षा कोठा भवन र बिरामीका आफन्तका लागि कुरुवा घर तथा तिरहुत गाउँपालिकाको त्रिकौल बैरवामा धर्मशाला र विवाह मण्डपको छुट्टाछुट्टै कार्यक्रमबीच मन्त्री साहले उद्घाटन गरेका हुन् । 
    हनुमाननगर कंकालिनी नगरपालिका १० भगवानपुरस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा सामाजिक विकास मन्त्रालयको २० लाखको लागतमा निर्माण भएको २ कोठे भवनको मन्त्री साहले उद्घाटन गरे ।
    त्यसैगरि सोही नगरपालिका ७ स्थित स्वास्थ्य चौकीमा संसदीय विकास कोषबाट निर्मित कुरुवा घर  र तिरहुत गाउँपालिका १ स्थित त्रिकौल बैरवामा पनि संसदीय विकास कोषको ९० लाख रुँपैयाको लागतमा निर्माण गरिएको धर्मशाला र विवाह मण्डपसमेतको मंगलकारै मन्त्री साहले उद्घाटन गरेका छन् । 
    स्थानिय कुश्मिदेवी पंजियारले स्व. पति छेदी पंजियारको नाममा करिब ३ करोड मुल्य पर्ने १० कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएपछि धर्मशाला र विवाह मण्डप निर्माण गरिएको मन्त्री साहका स्वकिय सचिव राजकुमार यादवले जानकारी दिए । 
    सो कार्यक्रममा प्रदेशसभा सदस्य मनिष सुमन, हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साह, कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिरहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहरखेर, सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद कापडी, योजना महाशाखाका प्रमुख ठुलोबाबु दाहालले मन्तव्य व्यक्त गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?