राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक

राजविराज राजविराज
|
मंगलबार, पौष २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक

सारांश

  •     गाउँपालिकाका अध्यक्ष परमानन्द यादवको अध्यक्षतामा आयोजित योजना छनौट संकलन कार्यक्रममा चालु आ.
  • ब.
  • २०७५÷७६ का लागि अनुमानित आयव्यय समेत सार्वजनिक गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस । 
    सप्तरीको राजगढ गाउँपालिकाले मंगलबार गाउँपालिकास्तरिय योजना छनौट संकलन कार्यक्रम सम्पन्न गरेको छ । 
    गाउँपालिकाका अध्यक्ष परमानन्द यादवको अध्यक्षतामा आयोजित योजना छनौट संकलन कार्यक्रममा चालु आ.ब. २०७५÷७६ का लागि अनुमानित आयव्यय समेत सार्वजनिक गरिएको छ । 
    चालु आ.ब.मा कुल ३६ करोड ६३ लाख ४६ हजार अनुमानित आयब्यय प्रस्तुत गरिएको छ । जसमा ९५ लाख आन्तरिक राजश्वबाट आय हुने अनुमान गरिएको छ भने नेपाल सरकार राजश्व बाँडफाँडबाट ६ करोड २६ लाख ८७ हजार, नेपाल सरकारको वित्तिय समिकरण अनुदानबाट १० करोड १४ लाख, नेपाल सरकार सशर्त अनुदानबाट ७ करोड ६७ लाख, प्रदेश सरकार वित्तिय समिकरण अनुदानबाट २४ लाख ७३ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ५० लाख, बेरुजी असुलीबाट २ लाख, गत वर्षको नगद मौजदातबाट ५ करोड ९५ लाख ४४ हजार, बहुक्षेत्रिय पोषण योजनाबाट १२ लाख ९८ हजार तथा तराई मधेश समृद्धि कार्यक्रमबाट ९० लाख ५९ हजार आय हुने अनुमान गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत राजिव झाले जानकारी दिएका छन् । 
    त्यस्तै अनुमानित व्ययमा चालु खर्चतर्फ २१ करोड १२ लाख ६२ हजार, पुँजीगत खर्चतर्फ ७ करोड ६८ लाख ५० हजार, न्यायिक समिति कार्यालय संचालन तर्फ ५० लाख, प्रति वडा ८० लाखको दरले, वडा सिलिङमा ४ करोड ८० लाख र गाउँपालिका स्तरिय बजेट सिलिङमा २ करोड ९७ लाख ३४ हजार व्यय हुने अनुमान गरिएको अधिकृत झाले बताए । 
    कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला मण्डल, वडा नंं १ का अध्यक्ष नारायण यादव, २ का अध्यक्ष ललित सिंह, ३ का अध्यक्ष सिताराम यादव, ४ का अध्यक्ष हेम नारायण साह, ५ का अध्यक्ष लक्ष्मी ठाकुर, ६ का अध्यक्ष कमलदेव यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानिय लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम गाउँपालिकाका प्रशासन प्रमुख दिनेश यादवले संचालन गरेका थिए ।   

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?