झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 

राजविराज राजविराज
|
मंगलबार, पौष १२, २०७९
|
|
४० पटक हेरिएको
Shares
झुठ्ठा विवरण पेश गरी नागरिकता लिन खोज्ने भान्जा र माईजु पक्राउ 

सारांश

  •     पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीकी ५० वर्षिया फुुलिया देवी मुखीया र भारतको विहार राज्य मधुवनी जिला फुलपरास ग्राम पंचायतका २० वर्षिय धिरज कुमार मुखिया छन ।
  •       पक्राउ परेका मध्ये फुलिया देवी माईजु र धिरज भान्जा नाताका रहेका छन् ।
  • भारतीय नागरिक धिरजलाई छोरा हो भन्दै विभिन्न किर्ते कागजात तयार गरी सप्तरीको बोदे बसाईन नगरपालिकास्थित इलाका प्रशासन कार्यालय पुगेका वेला सोमवार माईजु र भान्जा पक्राउ परेका हुन ।

दैनिक समाचारदाता
राजविराज, १२ पुस ।

    नेपाली नागरिकता लिन खोज्ने भारतीय नागरिक र उनलाई सघाउने माइजु पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीकी ५० वर्षिया फुुलिया देवी मुखीया र भारतको विहार राज्य मधुवनी जिला फुलपरास ग्राम पंचायतका २० वर्षिय धिरज कुमार मुखिया छन । 
    पक्राउ परेका मध्ये फुलिया देवी माईजु र धिरज भान्जा नाताका रहेका छन् । भारतीय नागरिक धिरजलाई छोरा हो भन्दै विभिन्न किर्ते कागजात तयार गरी सप्तरीको बोदे बसाईन नगरपालिकास्थित इलाका प्रशासन कार्यालय पुगेका वेला सोमवार माईजु र भान्जा पक्राउ परेका हुन । 
    भारतीय भान्जालाई छोरा हो भनी फुलिया देवीले झुठ्ठा विवरण र किर्ते कागजात पेश गरेपछि शंका लागेर चेक जाँच गर्दा सत्य खुलेको र दुबै जनालाई पक्राउ गरीएको डिएसपी नरेश कुमार सिहले बताए । 
    दुबै जनालाई मंगलवार सप्तरी जिल्ला अदालतमा नागरिकता सम्बन्धि कसुरमा उपस्थित गराइएको र अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । 
    वडा कार्यालयदेखी प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पुरा गर्दै अधिकार प्राप्त अधिकारी सामु थरि थरिका प्रमाण पू¥याउनु पर्ने कानुनी प्रावधान छ । तर, वेला वेलामा झुठ्ठा विवरण, किर्ते कागजात त कतै मिलोमतोमै नागरिकता लिने दिने गरेको घट्ना सार्वजनिक हुने गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
ग्राहक बनेर आएकाले बैंकमा बम राखेको आशंका, सेनाद्वारा निस्कृय
अवैध सरसामानसहित  एक पक्राउ
अवैध सरसामानसहित  एक पक्राउ
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
रंगहरुको त्योहार होलीको पनि रौनकता हराउँदै, परम्पराको संरक्षण गर्दै मर्यादित रुपमा होली पर्व मनाउन प्रहरीको आग्रह
पच्चिस विगहामा लगाइएको झण्डै  ६ हजार गाँजाका बोटहरु नष्ट, अभियान निरन्तर चलिरहन्छ ः एसपी प्रसाई
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
आवश्यक मुआब्जा नपाए भारतका कोशी पीडितले लोकसभा निर्वाचन बहिष्कार गर्ने
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
विश्व वातावरण दिवसमा विभिन्न स्थानमा बृक्षारोपन
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
सन् २०२५ मा मधेश प्रदेशमा पर्यटन वर्ष मनाउने
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो
लिटिल एन्जेल बिजयी
लिटिल एन्जेल बिजयी
किवानिजको क्लब राजविराजमा सूचारु 
किवानिजको क्लब राजविराजमा सूचारु