मोटरसाइकल चोरी गरि नम्बर परिवर्तन गर्ने गिरोह पक्राउ 2075/06/11 दैनिक समाचारदाता राजविराज, १० असोज । मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकलसहित चार जना चोरहरुलाई पक्राउ गरेको छ । पक्राउ परेका चारैजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । राजविराज नगरपालिका ५ का वडाध्यक्ष समीर झा चढ्ने गरेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले मोटरसाइकल ग्यारेज संचालक खडक नगरपालिका ९ का कृष्णदेव चौधरीसहित सप्तरीको छिन्नमस्ता गाउँपालिका ६ का सनत मण्डल, अग्निसाइर कृष्णसवरण गाउँपालिका ३ का भुवन चौधरी र सुनसरीको इनरुवा नगरपालिका ६ का हिमानसुलाल कर्णलाई पक्राउ गरेको हो ।..... विस्तृत