उम्मेदवार पनि छठघाटमा भोट माग्दै  2079/07/14 आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका कतिपय उम्मेदवार पूजा स्थल पुगि छठी ब्रतालु र भक्तजनसँग भेटघाट र शुभकामना दिँदै सहयोगका लागि आग्रह गरेका छन् । सप्तरीको क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार लोकतान्त्रिक बाम गठबन्धनका जयप्रकाश ठाकुर र जसपा–एमाले गठबन्धनका उम्मेदवार समेत रहेका जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव  तथा जनमत पार्टीका अध्यक्ष सीके राउत समेत सदरमुकाम राजविराजस्थित छठी घाटहरुमा पुगि शुभकामना दिनुका साथै निर्वाचनमा आ–आफ्नो पक्षमा मतदान गरि सहयोगका लागि ब्रतालु र श्रद्धालुसँग आग्रह गर्दै हिडेका थिए । ..... विस्तृत
जेष्ठ नागरिक र जेहेन्दार विद्यार्थी सम्मानित  2079/07/12  धानुक मण्डल उत्थान समितिले पाँच जना जेष्ठ नागरिक र पाँच जना जेहेन्दार विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. ५ मझाउमा शनिबार आयोजित उक्त कार्यक्रममा स्वजातीय मण्डल अन्तर्गत पर्ने बिष्णुपुर गाउँपालिका ७ बिष्णुपुर बस्ने ९४ वर्षीय सजनी देवी मण्डल, राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ८९ वर्षीय खुशीलाल मण्डल, छिन्नमस्ता ६ कोचाबखारी बस्ने ८४ वर्षीय बौकाई मण्डल, डक्ही बिहार बस्ने ८३ वर्षीय नथुनी मण्डल, राजगढ ५ मलेकपुर बस्ने ८१ वर्षीय अजानबती देवी धनुकाईन सहितलाई दोसाला, फुलको माला र अविर लगाई आयोजकले सम्मान गरेको हो ।..... विस्तृत
लोसपाबाट समानुपातिकमा नाम सिफारिस भएकी  पुनम यादवसहित दर्जनौं नेता जसपामा प्रवेश 2079/07/06  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट समानुपातिमा मधेश प्रदेशसभा सदस्यका लागि नाम सिफारिस भएकी पुनम यादवसहित दर्जनौं नेता आइतबार जसपामा प्रवेश गरेका छन् । लोसपाका केन्द्रिय सदस्य समेत रहेकी पुनम यादवको पार्टीले समानुपातिक सूचीमा १४औं नम्बरमा नाम सिफारिस गरेको छ ।  राजविराजमा आइतबार आयोजित एक कार्यक्रमका बीच लोसपाका केन्द्रीय नेता शैलेश कुमार चौधरी, केन्द्रीय नेता एवम् मधेश बाहिनी रक्षा दलको पुर्व अध्यक्ष विनोद कुमार यादव, अमरकान्त झा लगायत नेताहरु जसपामा प्रवेश गरेका हुन् । .... विस्तृत

 

ताजा अपडेट