कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा

राजविराज राजविराज
|
बिहिबार, श्रावण ११, २०८०
|
|
१८ पटक हेरिएको
Shares
कोशी पीडितद्वारा निर्णायक आन्दोलनको घोषणा

सारांश

  •     कोशी पीडितहरुले बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन् ।
  • कोशी कटान डुवान पीडित संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीका संयोजक महिदेव प्रसाद चौधरीले पत्रकार सम्मेलनमा आगामी २३ साउनदेखी सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी व्यारेज क्षेत्रमा अनिश्चितकालिन धर्ना, रिले अनशन र सभाको आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
  •       आन्दोलनका लागी कोशी ब्यारेजमा तीन वटै जिल्लाका कोशी पीडितहरु भेला हुने तय भएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १० साउन । 

    कोशी पीडितहरुले मुआब्जाको माँग गर्दै बारम्बार आन्दोलन गरेपनि कुनै समाधान नआएको भन्दै निर्णायक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । 
    कोशी पीडितहरुले बुधबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो घोषणा गरेका हुन् । कोशी कटान डुवान पीडित संघर्ष समिती सुनसरी, उदयपुर र सप्तरीका संयोजक महिदेव प्रसाद चौधरीले पत्रकार सम्मेलनमा आगामी २३ साउनदेखी सप्तरी र सुनसरीको सीमामा पर्ने कोशी व्यारेज क्षेत्रमा अनिश्चितकालिन धर्ना, रिले अनशन र सभाको आयोजना गर्ने निर्णय भएको जानकारी दिएका छन् । 
    आन्दोलनका लागी कोशी ब्यारेजमा तीन वटै जिल्लाका कोशी पीडितहरु भेला हुने तय भएको उनले बताए । बेला बेलामा आन्दोलन चर्काउदै आएका उनीहरुले अब भने निर्णायक आन्दोलन थालेको जनाएका छन । 
    आन्दोलनका कार्यक्रम अन्तर्गत चतरादेखि कुनौली बोर्डर सम्मको कोशी योजनाद्वारा गरिने निर्माण कार्य पनि ठप्प पार्ने तय भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 
    पत्रकार सम्मेलनमा संघर्ष समितीका कोषाध्यक्ष काशिम अन्सारीले तीनै जिल्लाका पीडितका लागी उचित स्थान भएको र भारतीय क्षेत्र पनि नजिक पर्ने भएकाले कोशी ब्यारेज मै आन्दोलन थालिने निर्णय भएको बताए । 
    पत्रकार सम्मेलनमा संघर्ष समितीका बरिष्ठ सहसंयोजक दुर्गानन्द चौधरीले सप्तकोशी पीडितको समस्या समाधानका लागी भारतीय सरकारसंग कुटनीतिक पहल गर्न नेपाल उदासिन रहेको आरोप लगाए । उनले २०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला २ देशमा प्रधानमन्त्री बीच कोशी पीडितको समस्या समाधान गर्ने सहमती भएपनि त्यो अहिले सम्म कार्यान्वयनमा नआएको बताए । 
    कोशी सम्झौता हुदा भारतीय पक्षले डुबान क्षेत्रको मुआब्जा दिने भने पनी न दिएको तथा नेपाल सरकारले पनि सम्झौता कार्यान्वयनका लागी ठोस पहल नगरेको उनले गुनासो पोखे । 
    वि.स. २०११ सालमा नेपाल–भारत बीच भएको कोशी सम्झौता अनुसार कोशी योजना अन्र्तगत परेको जग्गाको मुआब्जा तथा क्षति भएको बालीनालीको क्षतिपुर्ती भारत सरकारले दिनु पर्ने उल्लेख छ । 
    सुनसरीको चतरादेखि भारतीय सीमा क्षेत्र कुनौली बोडर सम्म दुबै तटबन्ध बीचमा पर्ने हज्जारौ विगहा बाली कोशीको बाढीले वर्षेणी क्षति हुने गरेको भएपनि यसको क्षतिपुर्ती प्राप्त नभएको पीडितहरुको गुनासो छ । 
    किसानहरुको हजारौ विगहा जग्गा कटान भएको तथा बालीमा भएको क्षतिका बारेमा सन २०१३ मा दिल्लीमा भएको नेपाल–भारत सिंचाई जलश्रोत मन्त्री स्तरिय बैठक तथा सन् २०१४ मा काठमाण्डौमा आयोजित विदेश मन्त्री स्तरीय बैठकमा समेत सो विषय समावेश भए पनि आश्वासन बाहेक केही पाउन नसकेको संघर्ष समितिका सल्लाहकार नागेन्द्र झाको भनाई छ । 
    संघर्ष समितीले कोशी सम्झौताको भारत सरकारबाट पालना र कार्यान्वयन हुनुपर्ने, बाली नालीको क्षतिपुर्ती पाउने पर्ने तथा १ सय १९ वर्षको लिजमा रहेको नेपाली किसानको जग्गा  जमिनको सरक्षा तथा नाप, नक्शा अविलम्ब गर्नू पर्ने मुख्य माग रहेको जनाएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
रेशम चौधरीलाई जेलमुक्त नगरेसम्म  सरकारमा नजाने : नेता महतो
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
सेभ द सप्तरीद्वारा अस्पताललाई टेन्ट हस्तान्तरण
चारवटै प्रतिनिधिसभा क्षेत्रमा जनमतको ८५ हजार ५ सय ९२ मत 
चारवटै प्रतिनिधिसभा क्षेत्रमा जनमतको ८५ हजार ५ सय ९२ मत 
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
किसानको समस्या पहिचान गरि समाधानका लागि मेधश सरकारद्वारा उच्च स्तरिय समिति गठन
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
वीमाले अन्तराष्ट्रिय सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउँछ  
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
पुस्तक खरीदमा एक पैसा दिदैनन् छुट ! सिन्डिकेट बनाएर खुलेआम किताब बिक्रिमा ब्रह्मलुट
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
छुट्टाछुट्टै दुर्घटनामा एक महिला र एक बालकको मृत्यु 
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु
संसद विघटन मात्र नभएर संविधान नै  विघटन हुने खतरा बढ्यो ः वक्ताहरु

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह