हावाहुरीमा ज्यान गुमाएका परिवारलाई  एन प्याबसनद्वारा आर्थिक सहयोग 

राजविराज राजविराज
|
शनिबार, चैत्र २३, २०७५
|
|
३८ पटक हेरिएको
Shares
हावाहुरीमा ज्यान गुमाएका परिवारलाई  एन प्याबसनद्वारा आर्थिक सहयोग 

सारांश

  •     सप्तरी र सिरहाका एन प्याबशनको एक टोलीले बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा पुगि हावाहुरीमा ज्यान गुमाएका प्रत्येक परिवारलाई रु.
  • ११ हजारका दरले ३० परिवारलाई सो आर्थिक सहयोग गरेको हो ।
  •       सो टोली कलैया उपमहानगरपालिका १२ धरमनगर, महागढी माई नगरपालिका ७ तेलगाई बेनाली, फेटा गाउँपालिका झलही १, भरवलिया, वडा नं.

दैनिक समाचारदाता
राजविराज, २२ चैत । 
    बारा पर्साका हावाहुरी पीडितहरुलाई एन प्याबसन सप्तरी र सिरहाले संयुक्त रुपमा आर्थिक सहयोग गरेको छ । 
    सप्तरी र सिरहाका एन प्याबशनको एक टोलीले बिहीबार हावाहुरी प्रभावित क्षेत्रमा पुगि हावाहुरीमा ज्यान गुमाएका प्रत्येक परिवारलाई रु. ११ हजारका दरले ३० परिवारलाई सो आर्थिक सहयोग गरेको हो । 
    सो टोली कलैया उपमहानगरपालिका १२ धरमनगर, महागढी माई नगरपालिका ७ तेलगाई बेनाली, फेटा गाउँपालिका झलही १, भरवलिया, वडा नं. ६ पुरैनिया, स्वर्ण गाउँपालिका पसरामपुर टोल हरदियामा पुगि प्रत्येक परिवारलाई आर्थिक सहयोग प्रदान गरेको एन प्याबसन सप्तरीका अध्यक्ष बौकु साहले जानकारी दिएका छन् । 
    टोलीमा सप्तरी र सिरहाका एन प्याबसनका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ