भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै

राजविराज राजविराज
|
बिहिबार, चैत्र २२, २०८०
|
|
१७ पटक हेरिएको
Shares
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै

सारांश

  •     स्थानीय बिपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तिव्रता पाएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिएका छन् ।
  • १० करोडको लागतमा उक्त हाट निर्माण भइरहेको छ ।
  •     यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउने उद्देश्यले एकीकृत हाटबजार निर्माण कार्य भइरहेको छ ।
    स्थानीय बिपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तिव्रता पाएको वडा अध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिएका छन् । १० करोडको लागतमा उक्त हाट निर्माण भइरहेको छ ।
    यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ । करिब पाँच सय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझीले बताए । 
    सार्वजानिक शौचालयसहित सडक बाटो र नालासमेत निर्माण गरिने हनुमाननगर कङ्कालिनी नगरपालिकाले जनाएको छ । जग्गा अभावका कारण भारदह, पोर्ताहा र मधवापुरमा हालसम्म व्यवस्थित बजारमा हटियाको सेड निर्माण हुन सकेको छैन । दर्जनौँ व्यक्तिको निजी जग्गामा हाल रहेको पोर्ताहामा तरकारी हटिया शुक्रबार र मङ्गलबार लाग्ने गर्दछ ।  
    रोड नेटवर्क, हरित पार्क, आधुनिक शौचालय, लाइट व्यवस्थापन र गाडी पार्किङको सुविधासहित तयार हुने एकीकृत भारदह हाटबाजार २४ घण्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
दुई मोटरसाइकल ठोकिदा एकको ज्यान गयो
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
गर्मीले जनजीवन अस्तव्यस्त, पंखा चलाउँदा पनि तातो हावा
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
भारत्तोलनका पूर्व राष्ट्रिय खेलाडी देवसुन्दरको निधन
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
२१ वर्षअघि नेपाली क्रिकेटले  गुमाएको एसिया कप यसपाली खेल्ने 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
उम्मेदवार पनि छठघाटमा भोट माग्दै 
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
सप्तरीका विभिन्न स्थानलाई पर्यटकीय तथा पर्यटकीय करिडोरको रुपमा विकास गर्न मन्त्री लेखीद्वारा ध्यानाकर्षण
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
बाढीग्रस्त क्षेत्रको युनिसेफको टोलीद्वारा अवलोकन
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
सप्तरीमा, कोरोना भाइरस र रोकथाम तथा नियन्त्रणको अवस्था 
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री
मधेश प्रदेश सरकारमा १४ सदस्यीय मन्त्रीमण्डल, सप्तरीबाटै मुख्यमन्त्रीसहित चार जना मन्त्री