स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित

राजविराज राजविराज
|
सोमबार, आश्विन ७, २०८१
|
|
२५ पटक हेरिएको
Shares
स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी लाभान्वित

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सोमबार आयोजना गरिएको उक्त एकदिने निशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात जना बिरामी लाभान्वित भएका हुन् ।
  • शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार याादवले उद्घाट्न गरेका छन् ।
  •     उनले स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेकोले यस्ता स्वास्थ्य शिविरले गरिवी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई निकै राहत पु¥याउने विश्वास समेत व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज ।

    नेपाली काँग्रेस ३ नं क्षेत्रिय समिति र नेविसंघ सप्तरीको संयुक्त आयोजना तथा नोवेल मेडिकल टिचिङ अस्पताल विराटनगर र केएमसी टिचिङ अस्पताल काठमाडौको प्राविधिक सहयाोगमा संचालित शिविरमा एक हजार भन्दा बढी विरामीले निशुल्क सेवा प्राप्त गरेका छन् ।
    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ मा सोमबार आयोजना गरिएको उक्त एकदिने निशुल्क स्वास्थ्य शिविरबाट एक हजार सात जना बिरामी लाभान्वित भएका हुन् । शिविरको प्रतिनिधिसभा सदस्य दिनेश कुमार याादवले उद्घाट्न गरेका छन् ।
    उनले स्वास्थ्यको सुचाङ्कमा सप्तरी निकै पछाडी रहेकोले यस्ता स्वास्थ्य शिविरले गरिवी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई निकै राहत पु¥याउने विश्वास समेत व्यक्त गरे । 
    सप्तरीको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले क्षेत्रको विकासका लागि आफूले विभिन्न खाका तयार पारी अगाडी बढेको र बर्षौंदेखि अलपत्र परेको महत्वपूर्ण योजनाहरु क्रमिक रुपमा कार्यान्वयनमा आउन थालेको बताए ।
    उनले भारतीय सिमादेखि गाईघाट सडक सञ्जाल जोड्ने विषयबारे गम्भिर छलफल भईरहेको बताउँदै छिट्टै सो योजना पनि कार्यान्वयनमा आउने जानकारी दिए ।
    शिविरमा मुटु रोग, नाक कान घाँटी रोग, छाला रोग, स्त्री रोग, बाल रोग, हाडजोर्नी रोग र आँखा सम्बन्धि रोगको निशुल्क उपचार सेवा प्रदान गरिएको शिविरका आयोजक काँग्रेस क्षेत्र नम्बर ३ का सभापति भुपेन्द्र नारायण यादवले बताए । 
    सांसद एवं बरिष्ठ डा. सुनिल शर्मा सहित एक दर्जन भन्दा बढी विशेषज्ञ चिकित्सकहरुको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
शनिदेव मन्दिरका बाबा र पुजारी बस्ने घरटहरा भत्काइयो
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
यातायात कार्यालयमा बैंकको एक्स्टेन्सन काउन्टर
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
छिमेकीद्वारा आमा छोरीसहित तीन महिलामाथि कुटपिट
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता सम्बन्धि गोष्ठी सम्पन्न
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
बजार अनुगमन प्रभाकारी नहुदाँ आमउपभोक्ता ठगिदै
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
काँग्रेस सप्तरीको सभापतिमा यादव र साहको उम्मेदवारी
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु 
कोरोना महामारीका कारण रोकिएको छोरी शिक्षा बिमा पुनः शुरु