प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”

राजविराज राजविराज
|
आइतबार, मंसिर २, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”

सारांश

  •     आईतवार राजविराजबाट “भ्रष्टाचार विरुद्धको मधेश यात्रा” प्रारम्भ गरेका आजपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पानीमा भिजेको मुसा र जनमत पार्टीका अध्यक्ष डा.
  • सीके राउतलाई छेपारोको संज्ञा दिएका हुन् ।
  •       मधेश प्रदेशमा पालै–पालो सरकार बनाएपनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।

    आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश केन्द्रित दुई दलका अध्यक्षलाई पानीमा भिजेको मुसा र छेपारोको संज्ञा दिएका छन् । 
    आईतवार राजविराजबाट “भ्रष्टाचार विरुद्धको मधेश यात्रा” प्रारम्भ गरेका आजपा सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष साहले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पानीमा भिजेको मुसा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई छेपारोको संज्ञा दिएका हुन् । 
    मधेश प्रदेशमा पालै–पालो सरकार बनाएपनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा.सिके राउतको छिनछिन मै बोली, ब्यवहार र रंग फेर्ने गतिविधीका कारण मधेशले धोका पाइरहेको उनको भनाई छ । 
    “उपेन्द्र यादव जीले संघीयतका लागी गरेको योगदान विर्सिन नसकिने भएपनि उनको अहिलेको गतिविधीले मधेश र मधेशी जनताले धोका पाइरहेको भन्दै उपेन्द्रलाई पानीमा कापेर वसेको मुसा र डा. राउतले जुन एजेन्डा लिएर राजनीतिमा लागे त्यो बिर्सेर सत्ता मोहमा लागेकाले उनलाई छेपारोको संज्ञा दिए ।
    “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवी लामिछानेलाई पक्राउ गर्दा विरोधमा उत्रने भनेका डा. राउत केही दिन मै बोली फेरेर सत्ता पक्षसँग सहमती गरे भने उपेन्द्र यादव पछी बालुवाटारमा गएर सुटुक्क प्रधानमन्त्री केपी ओलीसंग सहमती गरे ।” उनले भने, “जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता पक्ष कि प्रतिपक्ष भन्ने कुरा बुझ्नै गाह्रो भएको छ ।”
    उनले मुलुकमा कर माथी कर लगाएर सरकारले जनताका ढाड सेक्ने काम गरेको र यसले उल्टै महँगी बढाएको टिप्पणी गरे । आफु माओवादी र एमालेमा रहदा उच्च पद र ठुलो हैसियत पाएको भएपनि ती पार्टीका नेताहरुको रवैयाले जनताका समस्या समाधान हुन नसक्ने ठानेर ती दुबै पार्टी परित्याग गरी अहिले जनताको सेवक बन्न आएको उनको प्रष्टोक्ती थियो । 
    पूर्वमन्त्रि समेत रहेका अध्यक्ष साहले आफु पाँच महिना शहरी विकास मन्त्री हुदा अरबौंको बजेट छुट्याएर विकासीय काम गर्न चाहेकोमा केपी ओली नेतृत्वको तत्कालीन सरकारले ती योजनाहरुलाई खारेज गरीदिएको आरोप समेत लगाए । 
    भ्रष्टाचार विरुद्ध आवाज उठाउन खोज्दा सरकार दमनमा लागेको आरोपका साथ उनले भ्रष्टाचार विरोधी अभियान यस्ता दमनबाट नरोकिने उदघाष गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक
न्यायपालिकालाई अझ छिटोछरितो बनाउन रणनीतिक योजना सार्वजनिक
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
गज्जु बाबुले पु¥याएको योगदान भावी पुस्ताका  लागि अनुकरणीय ः जसपा नेता महतो
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
तीन सय ५७ मुद्दामा २ सय ५० फर्छयोट  विभिन्न अपराधका फरार २३ पक्राउ
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सम्बन्धित निकायको उदासिनताले लथालिंग खेलमैदान
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
एक महिलासहित पाँच जना फरार प्रतिवादी पक्राउ
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो
सडकदेखी सरसफाई, पशुचौपाया  लगायतका विषयमा गुनासै गुनासो