विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून

राजविराज राजविराज
|
बुधबार, माघ २३, २०८१
|
|
३३ पटक हेरिएको
Shares
विद्यालयमा शिक्षक तथा विद्यार्थीको उपस्थिती अत्यन्त न्यून

सारांश

  •     निमित्त प्रमुख यादवसँगै लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरी समेतको टोलीले विद्यालयहरुको अनुगमन गर्दा विद्यार्थी संख्या अत्यन्त न्युन तथा शिक्षकहरुको उपस्थिति पनि सन्तोषजनक नरहेको पाइएको छ ।
  •       राजविराज वडा नं.
  • १ स्थित महाकवि देवकोटा आधारभुत विद्यालयमा अनुगमन गर्दा विद्यार्थीको उपस्थिति नरहेको तथा त्यहा कार्यरत १३ शिक्षक शिक्षिका मध्ये दुई जना शिक्षक अनुपस्थित पाइएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।

    शिक्षा विकास तथा समन्वय इकाई सप्तरीका निमित्त प्रमुख कमलनाथ यादवको नेतृत्वको टोलीले बुधबार जिल्लाको विभिन्न विद्यालयहरुमा आकस्मिक अनुगमन गरेको छ । 
    निमित्त प्रमुख यादवसँगै लेखाजोखा संयोजक बिरेन्द्र कुमार चौधरी समेतको टोलीले विद्यालयहरुको अनुगमन गर्दा विद्यार्थी संख्या अत्यन्त न्युन तथा शिक्षकहरुको उपस्थिति पनि सन्तोषजनक नरहेको पाइएको छ । 
    राजविराज वडा नं. १ स्थित महाकवि देवकोटा आधारभुत विद्यालयमा अनुगमन गर्दा विद्यार्थीको उपस्थिति नरहेको तथा त्यहा कार्यरत १३ शिक्षक शिक्षिका मध्ये दुई जना शिक्षक अनुपस्थित पाइएको शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले जानकारी दिए । 
     त्यस्तै तिरहुत गाउँपालिका वडा नं. ४ स्थित मावि डिमनमा २४ मध्ये १४ जना मात्र शिक्षकहरुको उपस्थिति तथा विद्यार्थीको संख्या पनि अत्यन्त न्युन रहेको पाइएको छ । यसैगरि अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नं. स्थित ठाकुरजी माविमा अनुगमन गर्दा २४ मध्ये १५ जना मात्र शिक्षकहरुको उपस्थिति र विद्यार्थीको संख्या न्युन रहेको पाइएको टोलीका सदस्य बिरेन्द्र कुमार चौधरीले जानकारी दिए । 
    सोही स्थानमा रहेको अर्का जनचेतना माविमा सबै शिक्षकहरुको उपस्थिति रहेपनि विद्यार्थीको संख्या न्युन पाइएको छ । 
    अनुगमन पश्चात् सबै विद्यालयका प्रधानाध्यापकहरुलाई शिक्षा विकास तथा समन्वय इकाईका निमित्त प्रमुख यादवले आगामी दिनमा सबै शिक्षकहरुको अनिवार्य उपस्थिति तथा विद्यार्थीको उपस्थिति समेत बढाउन निर्देशन दिएका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
ट्राफिक नियम पालना तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक सप्ताह
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
हनुमानजयन्ती मनाइयो
हनुमानजयन्ती मनाइयो
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
जसपाद्वारा नागरिकता विधेयक विरुद्घ प्रदर्शन
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
विज्ञापनप्रति असन्तुष्टी जनाउँदै  आयोगका अध्यक्ष मैनालीको पुत्ला दहन 
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
पाँच वर्ष अघि बाढीले बगाएको नेपाल–भारत मैत्री पुल निर्माणका लागि कुटनीतिक पहल सुरु ः मुख्यमन्त्री सिंह
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
जग्गा कित्ताकाट प्रकृया सुरु गर्न माँग गर्दै ध्यानाकर्षण पत्र
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
गजेन्द्र नारायण सिंहको  स्मरणमा विभिन्न कार्यक्रम
विपद् ब्यवस्थापन समिति गठन
विपद् ब्यवस्थापन समिति गठन