आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 

राजविराज राजविराज
|
सोमबार, चैत्र २५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
आगलागीले बिग्रेको सिसी क्यामरा अझै मर्मत भएन 

सारांश

  •     नगरको शान्तिसुरक्षा र नगर क्षेत्र भित्र हुने विभिन्न घटना दुर्घटना निगरानी गर्ने उद्देश्यले जडान गरिएको सिसी क्यामेराले काम नगर्दा अपराधका घटनाको सत्यतथ्य पत्ता लगाउन अप्ठ्यारो भएको छ ।
  •       राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरको शान्ति सुरक्षाका लागी जडान गरेको सिसी क्यामेराहरुको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।
  •       सडक दुर्घटनाका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा पुग्दा १५ दिन भन्दा बढी समयदेखी सो सिसी क्यामेराहरु नचल्ने भएर केही जानकारी दिन असमर्थ रहेको कार्यालयका आईटी शाखाले जनाएको छ ।

सतिश कुमार दत्त
राजविराज, २५ चैत । 

    राजविराज नगरपालिकाको मुख्य सडकहरुमा जडान गरिएका सिसी क्यामेराहरु विगत १५ दिन देखी विग्रेपनि नगरपालिकाले त्यसको मर्मत संभार गर्न सकेको छैन् । 
    नगरको शान्तिसुरक्षा र नगर क्षेत्र भित्र हुने विभिन्न घटना दुर्घटना निगरानी गर्ने उद्देश्यले जडान गरिएको सिसी क्यामेराले काम नगर्दा अपराधका घटनाको सत्यतथ्य पत्ता लगाउन अप्ठ्यारो भएको छ । 
    राजविराज नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा नगरको शान्ति सुरक्षाका लागी जडान गरेको सिसी क्यामेराहरुको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । 
    सडक दुर्घटनाका बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालयमा पुग्दा १५ दिन भन्दा बढी समयदेखी सो सिसी क्यामेराहरु नचल्ने भएर केही जानकारी दिन असमर्थ रहेको कार्यालयका आईटी शाखाले जनाएको छ । 
    क्यमेराको संचालन र रेखदेख गर्ने जिम्मेवारी राजविराज नगरपालिको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
    “हामीले क्यामराको सहयोगबाट गतिबिधी मात्र हेर्ने हो, क्यामेराको संचालन र रेखदेखको जिम्मेवारी नगरपालिकाको हो ।” उनले भने, “चैत ९ गते राजविराजस्थित जनआन्दोलन चौकमा रहेको बिजुलीको पोलमा आगलागि भएपछि सोही दिनदेखी क्यामराहरु चल्न बन्द भएको छ, चैत १० गते मौखिक रुपमा नगरपालिकालाई जानकारी गराउँदा पनि नबनाएपछि चैत १५ गते लिखित रुपमै पत्राचार गरेका छौं, तर हाल सम्म पनि मर्मत भएको छैन ।” 
    यस सम्बन्धमा कावा नगरप्रमुख इसरत परवीनसंग बुझ्न खोज्दा राजविराजको मेन रोडमा आगलागी हुदा केही तारहरु जलेको बताउदै उनले मर्मतका लागी प्रयासरत छौ, चाडै ठिक हुने आवश्वसन दिए ।
    नगरपालिकाले राजविराजस्थित गजेन्द्र चौक, नेता चौक, राममन्दिर, अदालत रोड र रुपनी बसस्टेण्ट र पानीटंकी रोड सहितका क्षेत्रमा निगरानी गर्न आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाखको लागतमा उपभोक्ता समिति मार्फत नगरभरी सिसी क्यामेराहरु जडान गरेको थियो ।
    रातीको समयमा सिसि क्यामराको भिजनलाई राम्रो बनाउन ५ थान फ्लोड लाईट र १३ थान मिनि फ्लोड समेत जडान गरिएको गरिएपनि यो सेवा कहिल्यै नियमित रहेको छैन । 
    राजविराज नगरपालिकाले १ सय १५ थान क्यामेरा जडान गरिएको बताए पनि प्रहरी नियन्त्रण कक्षमा ८३ वटा क्यामेराको गतिवीधी मात्र हेरिने गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
ब्राउनसुगरसहित पक्राउ परेका युवक  पूर्पक्षका लागि कारागार चलान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
शितलहर, आगलागी तथा सवारी दुर्घटनाप्रति सचेत  गराउन प्रहरीले चलायो सप्ताव्यापी अभियान
दैनिक दुई उडान प्रचार मै सीमित 
दैनिक दुई उडान प्रचार मै सीमित 
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
ब्रह्माकुमारीद्वारा प्रवचन तथा झाँकी
बालबालिकाहरूको क्रिकेटमा मोह बढ््दै 
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू 
नेपाल केमिकल सोसाइटीको प्रेस नोट
नेपाल केमिकल सोसाइटीको प्रेस नोट