दैनिक समाचारदाता
राजविराज, १५ बैशाख ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सप्तरीका ५ जनासहित विभिन्न ११ जिल्लाबाट २१ जनालाई १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूलाई सीआईबीले सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीका तारालाल यादव, रामविलास साह तेली, ममता कुमारी, सुशीलाकुमार साहु र शम्भु मेहता छन् ।
यस्तै मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो छन् ।
यसैगरी पक्राउ पर्नेमा पर्साका प्रदीपकुमार साह, नवलसरासीका राजकमल लोनिया, भीमकुमार गुरुङ, पर्साका बिकर्णजंग राणा, नवलपरासीका गणपति पाण्डे, वीरगञ्जका सलमा खातुन र चितवनका गोविन्दप्रसाद आचार्य छन् ।
उनीहरूले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ बराबरको अवैध कारोबार गरको सीआईबीका प्रवक्ता तथा एसपी सुधीरराज शाहीले बताए ।
भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार र कर छली लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैर कानुनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको नाममा जम्मा गर्न लगाउने गरेको प्रहरीले बताएको छ । नगद नै रकम खातामा प्लेसमेन्ट समेत गर्न लगाउने गरेको प्रहरी बताउँछ ।
उक्त रकमलाई रेमिटेन्स भुक्तानी गर्न अनुमति लिएका मनी ट्रान्सफरहरूले डिजिटल वालेट कम्पनीमार्फत इ–मनी बनाइ उक्त रकमलाई रेमिटेन्स वापत भुक्तानी मिलाई अवैध कारोबार गरेको प्रहरीको भनाइ छ ।
सप्तरीका ५ जनासहित २१ जना १७ अर्ब रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको आरोपमा पक्राउ
सारांश
- पक्राउ परेकाहरूलाई सीआईबीले सोमबार सार्वजनिक गरेको छ ।
- पक्राउ पर्नेमा सप्तरीका तारालाल यादव, रामविलास साह तेली, ममता कुमारी, सुशीलाकुमार साहु र शम्भु मेहता छन् ।
- यस्तै मोरङका वीरेन्द्रप्रसाद साह, सोही ठाउँका दीपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सर्लाहीका हरेराम महतो, धनुषाका निरोजकुमार महतो, सोही जिल्लाका अलिता देवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, सञ्जिवकुमार महतो छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया