सडक निर्माणको माग गर्दै सडक जाम

राजविराज राजविराज
|
बुधबार, जेठ १४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सडक निर्माणको माग गर्दै सडक जाम

सारांश

  •     जिर्ण सडकको मरमत सम्भार तथा स्तरोन्नतिको पटक पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै मजदूरहरु आन्दोलित भएका हुन् ।
  •       बुधबार उक्त सडक खण्डको बीच सडकमै आ–आफ्नो अटो र सिटि रिक्सा तेस्र्याएर यातायात मजदूर चकका जाम र टायर बालेर प्रदर्शन गरेका छन् ।
  •     चक्का जामका कारण दुवै तर्फका गरि सयौं सवारी साधन रोकिएर यात्रीहरुको सास्ती भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।

    राजविराजस्थित रुपनी बस स्टेण्ड क्षेत्रको जिर्ण सडक निर्माणको माग गर्दै यातायात मजदूहरु आन्दोलित भएका छन् ।
    जिर्ण सडकको मरमत सम्भार तथा स्तरोन्नतिको पटक पटक माग राख्दा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै मजदूरहरु आन्दोलित भएका हुन् । 
    बुधबार उक्त सडक खण्डको बीच सडकमै आ–आफ्नो अटो र सिटि रिक्सा तेस्र्याएर यातायात मजदूर चकका जाम र टायर बालेर प्रदर्शन गरेका छन् ।
    चक्का जामका कारण दुवै तर्फका गरि सयौं सवारी साधन रोकिएर यात्रीहरुको सास्ती भएको छ । उक्त सडक खण्डमा दर्जनों ठाउँमा परेका खाल्डाले साना ठूला सवारी साधन आवत जावतमा सकस हुने गरेको छ ।
    खाल्डोकै कारण बुधबार विहान ७ बजे तिर चटपटे बेचेर गुजारा चलाउँदै गरेका राजविराज ८ निवासी सदानन्द भगतको ठेला सडकमै पल्टिएर त्यसमा रहेका सामाग्रीहरु नष्ट भएपछि यातायात मजदूर झनै आक्रोशित भए । 
    सडकको दर्जनों ठाउँमा खाल्डा परेका कारण दिनहुँजसो सवारी दुर्घट्ना हुने गरेको भन्दै यातायात मजदूरले उक्त जिर्ण सडकको स्तरोन्नति हुनुपर्ने एक सुत्रिय माग अघि सारेका छन् ।
    विहानै देखि यातायात मजदूरले चक्का जाम गरेको खवर पाएपछि पुगेकी राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन तथा सुरक्षा निकायका प्रमुखहरुको टोलीले सडक स्तरोन्नति कार्यको जिम्मा पाएका निर्माण व्यवसायीहरुलाई झिकाई अविलम्ब निर्माण कार्य शुरु गर्न लगाउने र तत्काल उक्त कार्य शुरु नगरे कारवाही गर्ने प्रतिवद्धता जनाएपछि चार घण्टा पश्चात आवागमन सूचारु भएको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?