दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका मध्ये एक जना उम्मेदवारी रद्द गरिएको छ ।
जिल्लाको क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको हो । उक्त पार्टीबाट सागर संगै रविन्द्र चौधरी समेत दुई जनाले उम्मेदवारी दिएका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका आधिकारिक उम्मेदवार रविन्द्र चौधरी नै भएको छानबिनबाट देखिदा सोही पार्टीबाट उम्मेदवारी दिएका अर्का उम्मेदवार सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको क्षेत्र नं. १ का निर्वाचन अधिकृत जानकी रमण यादवले जानकारी दिए ।
क्षेत्र नं. १ मा अव विभिन्न पार्टी र स्वतन्त्र गरी २१ जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनाएको छ ।
क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
सारांश
- जिल्लाको क्षेत्र नं.
- १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका सागर कुमार चौधरीको उम्मेदवारी रद्द गरिएको हो ।
- उक्त पार्टीबाट सागर संगै रविन्द्र चौधरी समेत दुई जनाले उम्मेदवारी दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
प्रतिक्रिया
० प्रतिक्रिया