अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
अठार जिल्लाका डेङ्गु सङ्क्रमितको चितवनमा उपचार

सारांश

  •     यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
  •     केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ ।
  • जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

चितवन, ६ असोज (रासस) ।
    जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । 
    कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उहाँका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् । 
    यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
    केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको सङ्ख्या दुई हजार ३९० रहेको छ । 
    यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उहाँले बताउनुभयो । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो सङ्ख्या साउन यताको हो । परीक्षण गरेर सङ्क्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ । 
    भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययनलगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताउनुभयो । कतिपयले यहीको ठेगाना लेखेर उपचार गर्ने गरेको उहाँको भनाइ छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
आवश्यकता एवं औचित्यका आधारमा मात्र सिफारिस गर्न जिल्ला प्रशासनको अनुरोध
कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
कैद जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
पत्रकार धम्क्याउने मण्डल पक्राउ, कारवाहीका  लागि जिल्ला प्रशासनलाई ध्यानाकर्षण
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
सहमतिपछि पुस्तक पसलको तालाबन्दी खोलिए, पुस्तकमा छुट दिने सम्बन्धमा आ–आफ्नै तर्क 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
बजाज खडक वारियर्स फाइनलमा
बजाज खडक वारियर्स फाइनलमा
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
राजविराज नगरपालिकाको चरम लापरवाही, महिला स्वयसेविकाले पाउने प्रोत्साहन भत्ताको छैन बजेट
“ढोकाविहीन सार्वजनिक शौचालय”
“ढोकाविहीन सार्वजनिक शौचालय”

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह