दुई पटक उम्मेदवार बनेका  अच्छेलाल पति पत्नीबाट पराजित 

राजविराज राजविराज
|
आइतबार, मंसिर १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     २०७४ सालको स्थानिय निर्वाचनमा राजपाका उम्मदेवार प्रभाकर यादवसँग झिनो मतले पराजित भएका स्वतन्त्र उम्मेदवार अच्छेलाललाई शनिबार सम्पन्न उपनिर्वाचनमा पनि प्रभाकरकी पत्नी प्रमिलादेवी यादवले पुनः झिनो मतअन्तरले पराजित गरेकी छिन् ।
  • यादव यस पटक भने नेकपाको उम्मेदवार थिए ।
  •       गत स्थानिय निर्वाचनमा प्रभाकरले ३ सय ८८ मत ल्याएका थिए भने अच्छेलालले ३ सय ८० मत प्राप्त गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ को वडा अध्यक्ष पदमा दुई पटक उम्मेदवार बनेका अच्छेलाल यादव पति पत्नी दुबैबाट पराजित भएका छन् । 
    २०७४ सालको स्थानिय निर्वाचनमा राजपाका उम्मदेवार प्रभाकर यादवसँग झिनो मतले पराजित भएका स्वतन्त्र उम्मेदवार अच्छेलाललाई शनिबार सम्पन्न उपनिर्वाचनमा पनि प्रभाकरकी पत्नी प्रमिलादेवी यादवले पुनः झिनो मतअन्तरले पराजित गरेकी छिन् । यादव यस पटक भने नेकपाको उम्मेदवार थिए । 
    गत स्थानिय निर्वाचनमा प्रभाकरले ३ सय ८८ मत ल्याएका थिए भने अच्छेलालले ३ सय ८० मत प्राप्त गरेका थिए । सो समयमा अच्छेलाल ८ मतले प्रभाकरसँग पराजित हुन पुगे । यस पटक भने अच्छेलाल प्रभाकरकै पत्नी प्रमीलासँग ११ मतले पुनः पराजित भए । शनिबार राती घोषित उपनिर्वाचनको परिणाम अनुसार राजपाका उम्मेदवार प्रमिलाले ५ सय ४० मत ल्याउँदा नेकपाका उम्मेदवार अच्छेलाले ५ सय २९ मत प्राप्त गरे । 
    राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुन गएको छिन्नमस्ता ७ को वडाध्यक्ष पदमा उप निर्वाचन भएको हो । रिक्त पदमा प्रभाकरकै धर्मपत्नी प्रमिलालाई समाजवादी पार्टी समेतको समर्थनमा राजपाले उम्मदेवार बनाउँदा अच्छेलाल भने यस पटक नेकपाबाट उम्मेदवार रहेका थिए ।
    चुनावी मैदानमा १ स्वतन्त्र गरी विभिन्न दलका गरी ७ जना उम्मदेवार थिए । घोषित परिमाण अनुसार राजपाकी प्रमिला र नेकपाका अच्छेलाल बाहेक अन्य कसैको पनि जमानतसमेत बच्न सकेन । 
    नेपाली काँग्रेसका शिव नारायण मण्डलले १५ र शान्तिपूर्ण राजनीतिमा आएपछि पहिलो पटक निर्वाचनमा भाग लिएका डा. सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार दिनेश कुमार यादवले ११ मत मात्र ल्याई जमानत गुमाउन पुगेका छन् । 
    यस्तै राप्रपाका गजेन्द्र मण्डल २, स्वतन्त्र उम्मेदवार धिरेन्द्र कुमार यादव १ र नुरहुसन मंसुरीले पनि १ मत मात्र प्राप्त गरी जमानत गुमाएका हुन् । कुल १ हजार ४ सय ३ मतदाता रहेकोमा १ हजार १ सय १४ मत खसेको थियो । जसमध्ये १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
    यसैबीच आईतवार जिल्ला अदालतका न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले नवनिर्वाचित वडा अध्यक्ष प्रमिला देबी यादबलाई शपत ग्रहण खुवाउदै प्रमाणपत्र प्रदान गरेका छन् ।
    शपतग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति प्रमुख प्रभाकर यादब, छिनमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषा मण्डल, समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्य नारायण यादब, राजपा अध्यक्ष मण्डलका सदस्य सुनिल कुमार झा, जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिलिप यादब, युवा नेता किशोर कुमार यादब, बिनोद यादबलगायत राजपा तथा समाजवादी पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा  रोचक प्रतिष्पर्धा हुने
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
माओवादी केन्द्रबाट सप्तरीको १८ वटै स्थानिय तहको प्रमुख उपप्रमुखमा तीन  दर्जन भन्दा बढी आकांक्षी
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
सप्तरीमा बुधबारदेखी पाठेघरको मुखको क्यान्सरबिरुद्ध एचपिभी खोप अभियान संचालन हुँदै
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
पुर्ण साक्षर प्रदेश बनाउन मधेश प्रदेशमा  अभियान चलाइदै ः शिक्षा मन्त्री यादव
कंचनको शवसहित आफन्तको प्रदर्शन, हत्या भएको भन्दै छानबिन र दोषिमाथी  कारवाहीको माग, अनुसन्धानका लागि पति पक्राउ
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
वैदेशिक रोजगार पीडितका लागि आकस्मिक कोष स्थापना गर्ने निर्णय 
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
तीन स्थानिय तहले जनतामा खानेपानी, सरसफाईको पहुँच पु¥याउने प्रतिबद्धता
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता 
जितिया महोत्सवको अवसरमा लोकगित गायन प्रतियोगिता