गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 

राजविराज राजविराज
|
बुधबार, फाल्गुन १४, २०७६
|
|
२७ पटक हेरिएको
Shares
गजेन्द्र नारायण सिंह क्रिकेट  प्रतियोगितामा लौनिया र तिलाठी बिजयी 

सारांश

  •     सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पहिलो खेलमा लौनियाले को.
  • मधेपुरालाई २० रनले पराजित गरेको छ ।
  •       टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लौनियाले निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेको थियो ।

दैनिक समाचारदाता
राजबिराज, १४ फागुन । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा संचालित स्व. गजेन्द्र नारायण सिंह स्मृति क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको खेलमा लौनिया र तिलाठी बिजयी भएका छन् । 
    सप्तरी क्रिकेट संघ संघको सहकार्यमा तथा तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा कट्टी माबिको खेल मैदानमा संचालित उक्त प्रतियोगिताको पहिलो खेलमा लौनियाले को. मधेपुरालाई २० रनले पराजित गरेको छ । 
    टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लौनियाले निर्धारित १० ओभरको खेलमा ७ बिकेट गुमाई ७० रनको योगफल तयार पारेको थियो । लौनियाका लागि दिलिप कुमार मण्डल १३, दिनेश कुमार मण्डल ११ र सरोज मण्डलले १० रनको योगदान दिएका थिए । यता बलिङतर्फ को. मधेपुराका रशिराज सिंह र धिरु यादवले २÷२ बिकेट लिएका थिए भने प्रमोद यादवले १ बिकेट लिएका थिए । 
    ७१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. मधेपुरा ६ बिकेटको नोक्सानीमा ५१ रन बनाउन सकेको थियो । जसमा आदित्य सिंहले १७, रशि राजसिंहले ११ तथा शिवशंकर मण्डलले नटआउट रहि ११ रनको योगदान दिएका थिए । बलिङतर्फ लौनियाका सुरेश राम र शिवराम मण्डलले २÷२ बिकेट लिएका थिए भने दिनेश कुमार मण्डल र धिरेन्द्र मण्डलले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच लौनियाका सुरेश राम घोषित भए । 
    त्यस्तै बुधवारै सम्पन्न दोश्रो खेलमा तिलाठीले को. बर्साइनलाई २१ रनले पराजित गरेको छ । को. बर्साइनले टसजिती पहिलो ब्याटिङको लागि तिलाठीलाई ब्याटिङको लागि निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेको तिलाठिले बर्षाले प्रभावित खेलमा निर्धारित ८ ओभरमा ४ बिकेटको नोक्सानीमा ६७ रनको योगफल तयार पारेको थियो । तिलाठीका लागि बिष्णु मण्डलले ३२ तथा रोशन यादवले नटआउट रहि १७ रनको योगदान दिएका थिए । बलिंग तर्फ को. बर्साइनका पिन्टु मण्डलले २ तथा राजेश दासले १ बिकेट लिएका थिए । 
    ६८ रनको लक्ष्य लिई मैदानमा ओर्लेको को. बर्साइन ८ ओभरमा २ बिकेट गुमाई ४६ रन बनाएको थियो । को. बर्साइनका लागि दिपेश सरदारले नटआउट रहि २३ बलमा ३२ रनको योगदान दिएका थिए भने अन्य कसैले दोहोरो अंक छुन सकेनन् । यता तिलाठीका लागि रोशन यादव र चन्दन कुमार झाले सामान १ बिकेट लिएका थिए । खेलको म्यान अफ द म्याच तिलाठिका रोशन यादव घोषित भएका थिए ।
    प्रतियोगिता अन्र्तगत बिहिवार पहिलो खेल सकरपुरा र को. बर्साइन बिच तथा दोश्रो खेल कोईलाडी र तोपा बिच हुने जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह