दैनिक समाचारदाता
राजविराज, १४ असार ।
जिल्ला वन डिभिजन कार्यालयले राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस हाताभित्र २५ लाख रुँपैयाको लागतमा निर्माण गर्न लागिएको पार्कमा सौन्दर्यकरण तथा हरियाली प्रवद्र्धनका लागि विभिन्न प्रजातीको सयौं बिरुवा रोपेको छ ।
राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर आइतबार वन कार्यालयले निर्माणाधिन अवस्थामा रहेको पार्कमा विभिन्न प्रजातीका २ सय ९० बिरुवा रोपिएको हो ।
क्याम्पस प्रशासनले परिसरभित्र निःशुल्क जग्गा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयको २५ लाखको लगानीमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि सुरु गरेको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सो पार्कभित्र राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर कल्की, कपुर, समी, बाइलोबा, हिभसक्ष, असारे फुल, कल्की फुल, तेजपत्ता लगायत विभिन्न जातका धार्मिक महत्व र सौन्दर्यपरक २ सय ९० बिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए ।
बृक्षारोपन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर आचार्य, भिमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कुँवर, क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्र, प्रहरी उपरिक्षक कृष्ण प्रसाई लगायतको पनि सहभागिता रहेको थियो ।
यता न्युन वन क्षेत्र रहेको सप्तरीमा वन क्षेत्रको बिस्तारका लागि ५० हजार बिरुवा निःशुल्क बितरण कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको छ ।
पार्कमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि बृक्षारोपण
सारांश
- राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर आइतबार वन कार्यालयले निर्माणाधिन अवस्थामा रहेको पार्कमा विभिन्न प्रजातीका २ सय ९० बिरुवा रोपिएको हो ।
- क्याम्पस प्रशासनले परिसरभित्र निःशुल्क जग्गा उपलब्ध गराएपछि डिभिजन वन कार्यालयको २५ लाखको लगानीमा हरियाली प्रवद्र्धन र सौन्दर्यकरणका लागि सुरु गरेको पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
- सो पार्कभित्र राष्ट्रिय बृक्षारोपन दिवसको अवसर पारेर कल्की, कपुर, समी, बाइलोबा, हिभसक्ष, असारे फुल, कल्की फुल, तेजपत्ता लगायत विभिन्न जातका धार्मिक महत्व र सौन्दर्यपरक २ सय ९० बिरुवा रोपिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोष झाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया