एकै परिवारका ८ जनासहित ११ संक्रमित 

राजविराज राजविराज
|
मंगलबार, भाद्र २, २०७७
|
|
२१ पटक हेरिएको
Shares
एकै परिवारका ८ जनासहित ११ संक्रमित 

सारांश

  • यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् ।
  •   जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार उक्त नगरपालिका वडा नं.
  • ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १÷१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ भदौ । 
सप्तरीमा मंगलवार एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ८३ पुगेको छ । 
यसअघि सोमबार जिल्लामा एक जना मात्र संक्रमित थपिएकोमा मंगलबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ११ जना संक्रमित भेटिएका हुन् । 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार उक्त नगरपालिका वडा नं. ९ का एकै परिवारका ८ तथा वडा नम्बर १, ७ र १० का १÷१ गरि ११ जनामा संक्रमणको पुष्टि भएको छ । 
    संक्रमित परिवारका ८ जना मध्यै तीन जना महिला रहेका छन् । उक्त परिवारमा दुई दिन अघि एक जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य ८ जनाको पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी गराए । 
    यता संक्रमण पुष्टि भएपछि संक्रमितको घर शिल गरिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टीनमा ल्याई स्वाब संकलनको कार्य थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह