शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 

राजविराज राजविराज
|
आइतबार, माघ १८, २०७७
|
|
२६ पटक हेरिएको
Shares
शान्तिका लागि चैत २ गतेदेखी महायज्ञ हुँदै 

सारांश

  •     महायज्ञको तयारीका लागि गठित मूल आयोजक समितिले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो ।
  •       समितिका संरक्षक जगतनन्दन दास (पगला बबा) ले आयोजित पत्रकार सम्मेलनमा विश्व शान्तिका लागि सो महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिएका छन् ।
  • उनले सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा आगामी चैत २ गतेदेखी ११ गतेसम्म आयोजना हुने उक्त महायज्ञको ध्वजारोहन माघ ७ गते सम्पन्न भएपछि महायज्ञको तयारी द्रतगतिमा भइरहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    आगामी चैत २ गतेदेखी सप्तरीको राजगढ गाउँपालिकामा हुन लागेको सीताराम नाम संकिर्तन तथा बिष्णु महायज्ञका लागि दु्रतगतिमा तयारी भइरहेको जनाइएको छ । 
    महायज्ञको तयारीका लागि गठित मूल आयोजक समितिले आइतबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो जानकारी दिएको हो । 
    समितिका संरक्षक जगतनन्दन दास (पगला बबा) ले आयोजित पत्रकार सम्मेलनमा विश्व शान्तिका लागि सो महायज्ञको आयोजना गर्न लागिएको जानकारी दिएका छन् । उनले सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेनामा आगामी चैत २ गतेदेखी ११ गतेसम्म आयोजना हुने उक्त महायज्ञको ध्वजारोहन माघ ७ गते सम्पन्न भएपछि महायज्ञको तयारी द्रतगतिमा भइरहेको बताए । 
    महायज्ञमा भारतको हिमाचल प्रदेश प्रान्तका जगतगुरु सरदानन्द समेतको सभागिता हुने बताउँदै संरक्षक दासले उक्त महायज्ञका ५ लाख श्रद्धालु, भक्तजन तथा आममानिसको सहभागिता हुने दाबी समेत गरे ।  
    “अहिले मुलुकमा विभिन्न खाले विपद् आइरहेको छ, विभिन्न खाले द्वन्द्व, विभेद तथा मतभेद उत्पन्नको अवस्था छ, सोको निराकरणका लागि महायज्ञ आवश्यक छ ।” उनले भने महायज्ञ सप्तरीमा मात्र नभएर आगामी जेठ सम्ममा संघीय राजधानी काठमाडौंमा सम्पन्न गराउन पहल समेत भइरहेको छ । 
    सो पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष गजेन्द्र कुमार मण्डलले महायज्ञमा १ सय ९ वटा मण्डपको तयारी अन्तिम चरणमा रहेको तथा सो मण्डपमा २ हजार ४ सय किर्तन मण्डलीको सहभागिता रहने जानकारी दिए । 
    महायज्ञका लागि एक करोड भन्दा बढी रकमको आवश्यकता पर्ने हुनाले त्यसका लागि विभिन्न उपसििमत गठन गरि आर्थिक संकलन कार्य भइरहेको बताउँदै अध्यक्ष मण्डलले आफूहरुले नगद भन्दा बढी यज्ञका लागि चाहिने आवश्यक सामाग्रिहरुको व्यवस्थामा जुटेको बताए ।
    यसअघि माघ ७ गते संरक्षक दासको प्रमुख अतिथ्य तथा प्रदेश २ का उद्योग पर्यटन राज्यमन्त्री सुरेश मण्डलले संयुक्त रुपमा महायज्ञको धोजारोहन गरेका थिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
“सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने” 
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
डुंगाको प्रयोग गरि तस्करी गरि ल्याइएका विद्युतिय सामान बरामद
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
मधेशको भाषाको सम्बद्र्धन र विकासका लागी समन्वयनात्मक प्रयास भईरहेको छ ः मधेशी आयोगका अध्यक्ष डा.दत्त
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
जनताको पार्टी बनाउन नेतृत्व पंक्तिसँग उद्योग मन्त्री यादवको आग्रह
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
सप्तरी कारागारका ६ कैदीबन्दी र २ प्रहरीसहित ८ जना संक्रमित
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
बाढी प्रभावित क्षेत्रमा पानी शुद्विकरण गरी पिउन आग्रह
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
स्ववियु निर्वाचनमा समाजवादी नेतृत्वको संयुक्त प्यानल विजयी,  चार विद्यार्थी संगठन पुनः निर्वाचनको माग गर्दै आन्दोलित
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव
तीनै तहको सरकारबाट जनताले खुशीको अनुभुती पाएनन् ः मन्त्रि यादव