दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिकामा ब्यापक भ्रष्टाचार भएको भन्दै पाँच राजनीतिक दलले आन्दोलन गर्ने जनाएका छन् । सोही विषयलाई लिएर सोमबार पाँच दलका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाली काँग्रेस सप्तरीका सहसचिव दिपक गुप्ता, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामविहारी राउत, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष विष्णु देव चौधरी, जसपा नेपालका नगर अध्यक्ष सुगम्बर यादव र जनमत पार्टीका नगर अध्यक्ष अनिल पंजियारद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा नगरपालिकामा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी १६ बुंदे माग अघि सारेका छन् ।
ज्ञापन पत्रमा नगरपालिकाले विना हस्ताक्षरको एक सुचना जारी गरी विगत पाँच दिनदेखी कार्यालयको सेवा ठप्प गरेको, यस वर्ष विनियोजन भएको करिब ८० करोड बजेट कसरी र कहाँ खर्च भयो त्यो सार्वजनिक नगरेको र गत वर्ष खाना, खाजा र इन्धनमा मात्रै ९ करोड खर्च गरी ब्रह्मलुट मचाएको उल्लेख गरिएको छ ।
यस्तै पत्रकार महासंघसँग कुनै सम्पर्क र समन्वय नगरी आसेपासे पाँच जना पत्रकारलाई ४०÷४५ हजार मुल्य पर्ने ल्यापटल वितरण गरी प्रति ल्यापटपको ८० हजारका दरले विल पास गरेको,कार्यकारी अधिकृत निजामती कर्मचारी हुने कानुनी ब्यवस्था विपरीत मनपरी ढंगले कार्यकारी अधिकृत नियुक्त गरी भ्रष्टाचारलाई संस्थागत गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
यस्तै नगर प्रमुख वसन्त मिश्रले विभिन्न सल्लाहकार र कर्मचारी नियुक्तीको नाममा लाखौं रुपैया हिनामिना गरेको, विना प्रक्रिया लाखौंको सवारी साधन खरिद गरेको र विभिन्न सडक निर्माणको नाममा करौडो रुपैया निकासा गरी झवाम्प पारेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत उच्चस्तरीय छानवीनको माग गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालय र कंचनरुप नगरपालिकालाई समेत बोधार्थ गरिएको ज्ञापन पत्रमा नगरपालिकामा भ्रष्टाचारसँगै मनपरी तन्त्र चलेको भन्दै पाँच दलले छानवीन र दोषीमाथी कारवाही नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् ।
भ्रष्टाचार भएको भन्दै कंचनरुप नगरपालिका बिरुद्ध पाँच दल आन्दोलित
सारांश
- नेपाली काँग्रेस सप्तरीका सहसचिव दिपक गुप्ता, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामविहारी राउत, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष विष्णु देव चौधरी, जसपा नेपालका नगर अध्यक्ष सुगम्बर यादव र जनमत पार्टीका नगर अध्यक्ष अनिल पंजियारद्वारा हस्ताक्षरित संयुक्त ज्ञापन पत्रमा नगरपालिकामा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धी १६ बुंदे माग अघि सारेका छन् ।
- ज्ञापन पत्रमा नगरपालिकाले विना हस्ताक्षरको एक सुचना जारी गरी विगत पाँच दिनदेखी कार्यालयको सेवा ठप्प गरेको, यस वर्ष विनियोजन भएको करिब ८० करोड बजेट कसरी र कहाँ खर्च भयो त्यो सार्वजनिक नगरेको र गत वर्ष खाना, खाजा र इन्धनमा मात्रै ९ करोड खर्च गरी ब्रह्मलुट मचाएको उल्लेख गरिएको छ ।
- यस्तै पत्रकार महासंघसँग कुनै सम्पर्क र समन्वय नगरी आसेपासे पाँच जना पत्रकारलाई ४०÷४५ हजार मुल्य पर्ने ल्यापटल वितरण गरी प्रति ल्यापटपको ८० हजारका दरले विल पास गरेको,कार्यकारी अधिकृत निजामती कर्मचारी हुने कानुनी ब्यवस्था विपरीत मनपरी ढंगले कार्यकारी अधिकृत नियुक्त गरी भ्रष्टाचारलाई संस्थागत गरेको ज्ञापन पत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया