प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 

राजविराज राजविराज
|
बिहिबार, मंसिर २३, २०७८
|
|
३२ पटक हेरिएको
Shares
प्रदेश २ स्तरिय महिला क्रिकेटमा बारा र सर्लाही बिजयी 

सारांश

  •     सम्पन्न पहिलो खेलमा बाराले सिरहालाई ७ बिकेट तथा अर्को खेलमा सर्लाहीले सप्तरीलाई ९ बिकेट पराजित गरेको छ ।
  •       राजबिराजस्थित राजरंगशाला खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर बाराले २० ओभरमा ४ बिकेट गुमाई ९३ रन को योगफल खडा गरेको थियो ।
  • जसमा प्रतिमा साह अविजित ३३ रन, साना प्रविण २० रन जोडेका थिए ।

दैनिक समाचारदाता
राजबिराज २२, मंसिर ।
    प्रधानमन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा बारा र सर्लाही बिजय भएका छन । 
    सम्पन्न पहिलो खेलमा बाराले सिरहालाई ७ बिकेट तथा अर्को खेलमा सर्लाहीले सप्तरीलाई ९ बिकेट पराजित गरेको छ । 
    राजबिराजस्थित राजरंगशाला खेल मैदानमा भएको पहिलो खेलमा टस जितेर बाराले २० ओभरमा ४ बिकेट गुमाई ९३ रन को योगफल खडा गरेको थियो । जसमा प्रतिमा साह अविजित ३३ रन, साना प्रविण २० रन जोडेका थिए । बलिङतर्फ सिरहाकी अनुराधा चौधरी २ र चन्द्रिका साहले १ बिकेट हात पारिन । 
    प्रतिउत्तरमा सिरहाले १३ ओभर ४ बलमा १० बिकेट गुमाई ८६ रन मात्र बनाउन सक्यो । जसमा आरती चौधरीले १५ रन, सरस्वति चौधरीले १२ रन जोडे । बलिङतर्फ बाराकी प्रियंका गुप्ता ३, साना प्रविण र मधु राउत २÷२ तथा प्रतिमा साहले १ बिकेट लिएकी थिइन् । खेलमा बाराकी प्रतिमा साह म्यान अफ दि म्याच घोषित भइन् । 
    यसैगरी सम्पन्न दोस्रो खेलमा टस जितेर सप्तरीले ९ ओभर खेल्दै सबै बिकेट गुमाई मात्र ३९ रनको योगफल खडा गर्न सक्यो । जसमा कुनै पनि खेलाडीले दोहोरो अंक पार गर्न सकेन भने अधिकांश रन अतिरक्तबाटै जोडिएका थिए । 
    बलिङतर्फ सर्लाहीकी तुलसी बिश्वकर्माले उत्कृष्ट बलिङ गर्दै ५ बिकेट लिएपछि सप्तरी सस्तो मै सिमित रह्यो । खेलको म्यान अफ दि म्याच सर्लाहीकी तुलसी बिश्वकर्मा घोषित भइन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?