मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी

राजविराज राजविराज
|
बुधबार, बैशाख २८, २०७९
|
|
३० पटक हेरिएको
Shares
मनिषाको रहस्यमय मृत्यु,  माइती पक्षद्वारा हत्या भएको दाबी

सारांश

  •     ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आई आत्महत्या गरेको बताएपनि माइती पक्षले हत्या भएको दाबी गरेका छन् ।
  • मृतक मनिषाको दुई महिनाको बच्चा पनि छ ।
  •     माइती पक्षले घटना सुनियोजित भएको भन्दै उच्चस्तरिय छानबिनको माग समेत गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ निवासी १९ वर्षिया मनिषा कुमारी साह बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । 
    ससुराली पक्षले सामान्य घरायसी तनावमा आवेशमा आई आत्महत्या गरेको बताएपनि माइती पक्षले हत्या भएको दाबी गरेका छन् । मृतक मनिषाको दुई महिनाको बच्चा पनि छ ।
    माइती पक्षले घटना सुनियोजित भएको भन्दै उच्चस्तरिय छानबिनको माग समेत गरेका छन् । बुधबार नै माइती पक्षले मृतक मनिषाका पति २३ वर्षिय विकास पण्डित, ५२ वर्षिया सासु ललितादेवी पण्डित र ५४ वर्षिय ससुरा हरिदेव पण्डित बिरुद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिँदै घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गरेका छन् । 
    मृतककी आमा ललितादेवी साहले घटनास्थलको अवस्था र छोरी मनिषाको शरीरको विभिन्न भागमा देखिएको चोटपटकको निसानले त्यो आत्महत्या नभई हत्या भएको दाबी गरिन् ।    
    सप्तरीको रुपनी गाउँपालिका ३ माइती भएकी मनिषाको दुई वर्षअघि विकास पण्डितसँग प्रेम विवाह भएको थियो । राजविराजस्थित एक कलेजमा पढ्दै गर्दा दुबैबीच गहिरो प्रेम सम्बन्ध स्थापित भएपछि दुबै जना भागि प्रेम विवाह गरेका थिए । 
    मनिषाकी आमा ललिताले उक्त प्रेम विवाहबाट विकासका अभिभावक असन्तुष्ट रहेको तथा पटक पटक छोरीलाई शारीरिक र मानसिक यातना दिन थालिएको बताउँदै पछिल्लो दुई महिना यता छोरीसँग फोनमा समेत कुराकानी गर्न नदिइएको ससुराली पक्षमाथी आरोप लगाइन् । 
    उनले न्यायका लागि पहल गरिदिन संचारकर्मी र अधिकारकर्मीसँग आग्रह समेत गरेकी छिन् । यता मृतक मनिषाका ससुरा हरिदेव पण्डितले उक्त आरोप निराधार भएको दाबी गरेका छन् ।
    जिल्लाका प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले घटनाको सुक्ष्म अनुसन्धान थालिएको बताउँदै मृतकको पोष्टमार्टम प्रतिवेदन र घटनाको अन्य पाटोको भइरहेको अनुसन्धान प्रक्रिया सकिएपछि सबै सत्यतथ्य बाहिर ल्याउने जनाए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
न्यायका लागी साह दम्पती अदालत अगाडी दोश्रो पटक अनसनमा
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
अनुमति बिना नै नापी कार्यालय हुलाकको भवनमा संचालन
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
विद्यापति स्मृति पर्व धुमधामका साथ मनाइयो
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
कोशी पीडितहरुको आन्दोलन १५ औं दिन, नेपाल–भारतका संचारकर्मीहरुद्वारा सहयोगको प्रतिबद्घता
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
अनियमितताको आरोप लगाउँदै विद्यालयमा  तालाबन्दी र अनशन, विद्यार्थी पढाईबाट बञ्चित
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
मोटरसाइकल दुर्घटनामा आमा छोरीसहित तीन जना घाइते
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
बालबालिकाको चौतर्फी बिकासका लागि बालविकास केन्द्रमा लगानी 
१६ वर्षिया किशोरी बलात्कृत 
१६ वर्षिया किशोरी बलात्कृत 
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा 
दुर्घटनामा स्वाथ्यकर्मीको मृत्यु, शोकमा स्वास्थ्य शाखाहरुमा बिदा