राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह

राजविराज राजविराज
|
बिहिबार, आश्विन १३, २०७९
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्रपतिले संविधान उल्लंघन  गरिन् ः सामाजिक विकास मन्त्री साह

सारांश

  •     जसपा सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित बृहत अन्तरक्रिया तथा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आरोप लगाएका हुन् ।
  •       मन्त्री साहले राष्ट्रपतिले संबिधानको पालना नगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै सदनबाट बहुमतले पारित बिधेयकलाई प्रमाणिकरण नगरी संबिधानको उल्लंघन गरेको आरोप समेत लगाए ।
  •       सोही कार्यक्रममा जसपा राजनैतिक समिति सदस्य एवं संविधानसभा सदस्य रन्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई ससंदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन ।

दैनिक समाचारदाता
राजबिराज, १३ असोज ।  

    मधेश प्रदेशका सामाजिक बिकास मन्त्री नवलकिशोर साहले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता जस्तो संवेदनशिल विषयमा राष्ट्रपति गम्भिर नभएको आरोप लगाएका छन् । 
    जसपा सप्तरीद्वारा बिहीबार राजविराजमा आयोजित बृहत अन्तरक्रिया तथा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आरोप लगाएका हुन् । 
    मन्त्री साहले राष्ट्रपतिले संबिधानको पालना नगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै सदनबाट बहुमतले पारित बिधेयकलाई प्रमाणिकरण नगरी संबिधानको उल्लंघन गरेको आरोप समेत लगाए । 
    सोही कार्यक्रममा जसपा राजनैतिक समिति सदस्य एवं संविधानसभा सदस्य रन्जु ठाकुरले राष्ट्रपति भण्डारीलाई ससंदबाट पारित नागरिकता विधेयक रोक्ने अधिकार संविधानले नदिएको जिकिर गरिन ।
    उनले राष्ट्रपति भण्डारीले नेपालको संविधानको उल्लंघन गरेको आरोप लगाउँदै एमाले देशमा संविधान उलंघन गर्ने सबैभन्दा अग्रपंक्तिमा रहेको पार्टी रहेको दाबी गरिन् । 
    जसपा केन्द्रिय सदस्य विकास तिवारीले नागरिकताको समस्या मधेशीमाथी थुपार्ने तथा भ्रमको खेती गर्ने प्रतिगामी शक्तिको ईसारामा पदिय मर्यादा विपरीत कदम उठाएर राष्ट्रपतिले नाङ्गो नाच देखाएको बताए । राष्ट्रपतिको कदमले देशलाई अन्तर्राष्ट्रिय जगतमै बदनाम गराएको भन्दै देशको प्रतिष्ठालाई जोगाउन राष्ट्रपतिको कदम विरुद्ध आन्दोलन गर्नुपर्ने बताए । 
    त्यस्तै जसपा राजनीति समिति सदस्य बिनोद चौधरीले नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गर्न एमाले लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे । 
    जसपा जिल्ला अध्यक्ष केदार यादबले नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर जसपा पार्टी अझै पनी संघर्षमा नै रहेको भन्दै उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी रहने बताए ।
    यसैगरी जसपा नेता प्रभाकर यादबले पहिचान, प्रतिनिधित्व, सामाबेशिता र अधिकारका लागि उत्पीडित समुदायहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए ।  
    जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजनैतिक समिति सदस्य विशेश्वर रजक, केन्द्रिय सदस्यहरु चित्त नारायण यादव, कैलाश यादव, केन्द्रिय सल्लाहकार सुमन चौधरी, मधेश प्रदेश समिति सचिब युसुफ अलि, मधेश प्रदेश समिति सदस्य एवम सप्तरी जिल्ला ईन्चार्ज कौशेन्द्र यादव, सदस्य शिवशंकर यादव, अमृत साफी, मधेश प्रदेश परिषद सदस्य उपेन्द्रक स् प्रसाद साह, जसपा क्षेत्र नम्बर २ का अध्यक्ष नारायण प्रसाद यादव, ४ का अध्यक्ष अरविन्द कुमार यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय उपाध्यक्ष मनिस यादव, युवा नेता राज नारायण यादव लगायतले बोल्दै नागरिकता विधेयक प्रमाणीकरण नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
निर्माण व्यवसायीमा तीन समूहको उम्मेदवारी
सरकारी निकायको चरम लापरवाही, १२ वर्षदेखी नागरिकता प्रमाणपत्र नं. बिना कै नागरिकता प्रयोग हुँदै
निरन्तर वर्षाले राजविराज जलमग्न
निरन्तर वर्षाले राजविराज जलमग्न
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
महिलालाई सबल बनाउन प्रदेश सरकार कटिबद्ध ः मन्त्री साह
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
सिके राउतको बन्दी प्रत्यक्षीकरण सम्बन्धि मुद्दाको सुनवाइ स¥यो
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
भारतको गुजरातबाट पाँच नेपाली मजदुरको उद्धार
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
आगलागीबाट हुने क्षती रोक्न सचेतनामुलक  सांकेतिक अभ्यास र उद्धारकला प्रदर्शन 
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी
झुठा मुदा फिर्ता नलिए आन्दोलन चर्काउने काँग्रेसको चेतावनी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह