एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
३६ पटक हेरिएको
Shares
एकै दिन दुई जनाले गरे आत्महत्या,  साइकल नदिएको झोकमा विषादी सेवन

सारांश

  •     जिल्लाको अग्निसाईर कृष्णसवरण ४ प्रसवनि मुसहरी टोल निवासी ३५ वर्षिय बन्जरा सदा शनिबार भोज खाएर घरतर्फ फर्किने क्रममा घरबाट ५०० मिटर उत्तर आँपको फुलवारी झुण्डिएको अवस्थामा फेला परेका थिए ।
  •       प्रहरीका अनुसार रुखको हाँगामा गलबन्दीको पासो लगाई झुण्डी छटपटि रहेको अवस्थामा स्थानियहरुले देखेपछि उपचारका लागि अटो रिक्सा खोज्ने क्रमामा मृत्यु भएको थियो ।
  •       मृत अवस्थामा परिवारजनले घरमा राखेको सूचना प्रहरीले पाएपछि आइतबार साँझ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको टोलिले मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 

    सप्तरीमा दिनहुँ दुर्घटनाका साथै आत्महत्याका घटनाहरु पनि बढ्दै गएको छ । पछिल्लो समयमा जिल्लाको अग्निसाइर कृष्णासवरण र बलानबिहुल गाउँपालिकामा एकै दिन दुई जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 
    जिल्लाको अग्निसाईर कृष्णसवरण ४ प्रसवनि मुसहरी टोल निवासी ३५ वर्षिय बन्जरा सदा शनिबार भोज खाएर घरतर्फ फर्किने क्रममा घरबाट ५०० मिटर उत्तर आँपको फुलवारी झुण्डिएको अवस्थामा फेला परेका थिए । 
    प्रहरीका अनुसार रुखको हाँगामा गलबन्दीको पासो लगाई झुण्डी छटपटि रहेको अवस्थामा स्थानियहरुले देखेपछि उपचारका लागि अटो रिक्सा खोज्ने क्रमामा मृत्यु भएको थियो । 
    मृत अवस्थामा परिवारजनले घरमा राखेको सूचना प्रहरीले पाएपछि आइतबार साँझ ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको टोलिले मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यसैगरि आइतबार साँझ जिल्लाकै बलानबिहुल १ मल्हनियास्थित स्थानिय आँपको बगैचामा वडा नं. २ चन्ही बस्ने ३५ वर्षिय बिनोद मण्डल गमछाको पासो लगाई झुण्डिएको अवस्थामा मृत्य फेला परेको प्रहरीले जनाएको छ ।
    ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटेको प्रहरी टोलीले घटनाको मुचुल्का उठाई शव पोष्टमार्टमका लागि अस्पताल पठाएको तथा घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 
    यस्तै बुवासँग साइकल माग्दा नदिएको झोकमा सप्तरीको राजगढ गाउँपालिका ६ का १८ वर्षिय आनन्द कुमार मण्डलले विषादी सेवन गरेको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेको उनको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । 
    प्रहरीका अनुसार बजार जान उनले बुवा खुशीलाल मण्डलसँग साइकल मागेका थिए । तर, बुवाले नदिएपछि आवेशमा आएर उनले तरकारी खेतीमा प्रयोग गरिने विषादी सेवन गरेको पाइएको प्रहरीको भनाई छ । 
    जिल्लामा गत आ.व. २०७७÷०७८ मा झुण्डिएर, विष सेवन गरेर र आगो लगाएर १ सय १५ जनाले ज्यान गुमाएका थिए भने २०७८÷०७९ मा १ सय ३६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यस्तै चालु आ.व. २०७९÷०८० को हालसम्मको अवधिमा विषसेवन र झुण्डिएर ६५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह