सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सप्तरीमा आत्महत्या घटना बढ्दै, फागुन महिनामा दश जनाले गरे आत्महत्या

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् ।
  • आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् ।
  •       प्रहरी तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्म जिल्लामा कुल ३९ जनाले आत्महत्या गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३० फागुन । 
    केही समय यता सप्तरीमा आत्महत्याका घटना बढेका छन् । फागुन महिनाको ३० दिने अवधिमा आत्महत्या गर्नेको संख्या १० पुगेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भावेश रिमालका अनुसार यस अवधिमा झुण्डिएर ७ र विषसेवनबाट ३ गरी १० जनाले ज्यान गुमाएका छन् । आत्महत्या गर्नेमा ६ पुरुष र ४ महिला छन् भने जसमध्ये अधिकांश युवायुवतीहरु छन् । 
    प्रहरी तथ्यांक अनुसार गत साउनदेखि फागुन मसान्तसम्म जिल्लामा कुल ३९ जनाले आत्महत्या गरेका छन् । जसमध्ये महिलाको संख्या २३ र पुरुषको संख्या १६ रहेको छ । 
    यसरी आत्महत्या गर्ने अधिकांश घटनामा प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । त्यसपछि गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्याको कारक बन्ने गरेको पाइएको छ ।
    कतिपय केशमा उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भारले थिचिदै जाँदा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको पाइएको चिकित्सक तथा प्रहरी अधिकारीहरुको भनाई छ ।
    यता एकपछि अर्को आत्महत्याका घटनाले स्थानीय समाजमा चिन्ता समेत बढाएको छ । बुधबार मात्र दुई जनाले आत्महत्या गरेको घटना नसेलाउँदै बिहीवार राजविराज नगरपालिका ७ बस्ने ४५ वर्षिय रामदयाल साहले आत्महत्या गरेका छन् । 
    उनले आफ्नै घरमा पंखा लगाउने प्रयोजनका लागि जडान गरिएको फलामे रडमा साडी बाँधेर आत्महत्या गरेको प्रहरी प्रवक्ता एवं सूचना अधिकारी समेत रहेका डिएसपी रिमालले बताए । 
    राति खाना खाएर सुतेका उनी बिहीवार बिहान झुण्डिएर मृत अवस्थामा फेला परेपछि छरछिमेकले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मुचुल्का उठाई साहको शव पोष्टमार्टमका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल पु¥याएको छ ।
    यसअघि बुधवार मात्र जिल्लाको राजविराज नगरपालिकामा अध्ययनका लागि डेरा लिई बस्दै आएका तिरुहुत गाउँपालिका ५ का १७ वर्षिय गौतम यादवले आत्महत्या गरेका थिए ।
    त्यसको एक घण्टा नबित्दै कन्चरुप नगरपालिका ५ कि २५ वर्षिया कल्पना चौधरीले पनि आप्mनै घर पछाडिको आँपको रुखमा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह