दैनिक समाचारदाता
राजविराज, २८ बैशाख ।
बुधवार साँझ भएको आगलागीले बेघर बनाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुराका ६ विपन्न परिवारलाई विहीवार राहत स्वरुप लत्ताकपडा, भाँडाकुडा, त्रिपाल र खाद्यान्न लगायतका राहत समाग्री प्रदान गरिएको छ ।
प्रतिनीधी सभासदस्य नबलकिशोर साहको सहयोगमा महेन्द्र कामैत, शिवु कामैत, बेचन कामैत, जहरी कामैत, देवु कामैत र बद्री कामैतको परिवारलाई राहत प्रदान गरिएको हो ।
आगलागी पीडितको विजोग भएपछि काठमाण्डौमा रहेका सांसद साहले आफ्नो निजी खर्चबाट तत्कालका लागी २५ किलो चामल, भुजा, त्रिपाल, लत्ताकपडा, भाडाकुडा लगायतका राहत समाग्री पठाई दिएको जसपाका यूवा नेता एवं हुनमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साहले जानकारी दिए ।
साँझ ६ बजेतीर महेन्द्र कामैतको पुजाघरबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर छिमेकी सहित ६ परिवारको १४ वटा घर खरानी भएको थियो ।
हावाहुरीका कारण आगो फैलिदा नियन्त्रण कार्य कठिन भएको र झण्डै २० लाख मूल्य बराबरको सम्पती जलेर क्षति भएको वडा अध्यक्ष कृष्ण कुमार यादवले जानकारी दिए । आगलागीमा परेका सबै घर काठ र फुसको संरचना भएका हुन ।
यस अघि वडा अध्यक्ष यादवले पनि बुधवार अग्नी पीडितलाई प्रारम्भीक राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए । आगलागीका सर्वाधिक घट्ना हुने यस जिल्लामा गर्मी मौसमको शूरुवात संगै आगलागीका घटना ह्वातै बढेको छ ।
विगत एक महिनाको अवधीका आगलागीका २८ घटना भई २ करोड भन्दा बढीको क्षति भई सकेको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्याँकले देखाएको छ ।
अग्नी पीडितलाई सांसद साहको सहयोग
सारांश
- प्रतिनीधी सभासदस्य नबलकिशोर साहको सहयोगमा महेन्द्र कामैत, शिवु कामैत, बेचन कामैत, जहरी कामैत, देवु कामैत र बद्री कामैतको परिवारलाई राहत प्रदान गरिएको हो ।
- आगलागी पीडितको विजोग भएपछि काठमाण्डौमा रहेका सांसद साहले आफ्नो निजी खर्चबाट तत्कालका लागी २५ किलो चामल, भुजा, त्रिपाल, लत्ताकपडा, भाडाकुडा लगायतका राहत समाग्री पठाई दिएको जसपाका यूवा नेता एवं हुनमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साहले जानकारी दिए ।
- साँझ ६ बजेतीर महेन्द्र कामैतको पुजाघरबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर छिमेकी सहित ६ परिवारको १४ वटा घर खरानी भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया