५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 

राजविराज राजविराज
|
आइतबार, आषाढ ३१, २०८०
|
|
३४ पटक हेरिएको
Shares
५० देशका प्रतिनिधीको सहभागितामा यौन प्रजनन् अधिकार कार्यक्रमको आयोजना हुने 

सारांश

  •     नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एन.
  • एम.
  • एस.

दैनिक समाचारदाता
राजविराज, ३१ असार ।

    नेपालमा पहिलो पटक यौन र प्रजनन स्वास्थ्य अधिकार बारे अन्तराष्ट्रिय स्तरको कार्यक्रम आयोजना हुने भएको छ । 
    नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी (एन.एम.एस.एस.) को आयोजनामा भदौ ३० देखी असोज ३ गते सम्म धुलीखेलमा कार्यक्रमको आयोजना हुने भएको छ । 
    ५० देशको सहभागिता सहित आईएफ एम एस ए एशिया प्रशान्त यौन र प्रजनन स्वास्थ्य अधिकार (एस.आर.एच.आर.) समर स्कुल आयोजना हुने आयोजक नेपाल मेडिकल स्टुडेन्ट सोसाईटका अध्यक्ष डा.नविन गौतमले जानकारी दिएका छन् । 
    उक्त समर स्कुलले ५० देशबाट आएका प्रतिनीधीहरुलाई एस आर एच आर र त्यसका विभिन्न क्षेत्रहरुको बारेमा जानकारी अदान प्रदान गर्ने डा.गौतमको भनाई छ । समर स्कुलले प्रजनन स्वास्थ्य, लैङ्गिक समानता र मानवीय अधिकारको विविध पक्षबारे समेत प्रकाश पार्ने जनाइएको छ । 
    कार्यक्रममा प्रतिनीधीहरु व्याख्यान, कार्यशाला, र नेटवर्किङ्ग कार्यक्रममा पनि सहभागी हुने छन् । उनीहरु स्थानीय स्वास्थ्य संस्थाको भ्रमण तथा नेपालमा एस आर एच आरको चुनौती र सम्भावनाहरुका बारे समेत जान्ने अवसर पाउने छन । यो समर स्कुलले चिकित्सा छात्रहरुलाई एस आर एच आरको बारेमा सिकाउने र विश्वभरका छात्रछात्राहरुसंग नेटवर्किङ्ग गर्ने अवसर प्राप्त गर्ने छन् । यसले नेपालमा एस आर एच आरको प्रगतिका लागी निकै मदत पुग्ने विश्वास गरिएको डा.गौतमले बताए । 
    कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी शूरु गरिएको कार्यक्रम संयोजक डा.ऋचाश्री ढुंगानाले जानकारी दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु  भन्दै रकम असुली गर्ने पक्राउ 
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते 
करेन्ट लागेर एकै परिवारका चारजना गम्भीर घाइते 
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
नुहाउने क्रममा नदीमा डुबेर बालकको मृत्यु
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच ११ बुँदे सहमती, “गठबन्धनले मुलुकको अखण्डता स्वीकार ग¥यो”
ब्राउन सुगरसहित एक पक्राउ
ब्राउन सुगरसहित एक पक्राउ
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
प्रथम महेन्द्र नारायण निधी कप सप्तरीले जित्यो
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ