दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत सप्तरीले बिहीबार महेन्द्र कुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।
न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए । यादव सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिरा कुमारी यादवका श्रीमान् हुन् ।
सोही मुद्दामा १२ दिनअघि उपप्रमुख मिरा एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेकी छिन् । उक्त प्रकरणमा अर्का आरोपी सहदेव यादव पनि तीन दिनअघि अदालतले दिएको आदेश बमोजिम एक लाख धरौटी बुझाउँदै तारेखमा रिहा भइसकेका छन् ।
अनुसन्धानका क्रममा पटक पटक म्याद थप्दै २३ दिनसम्म प्रहरी हिरासतमा रहेकी मिरालाई गत साउन ८ गते सप्तरी जिल्ला अदालतका न्ययाधीश हरिशचन्द्र इंगनामको इजलाशले एक लाख धरौटी बुझाई तारेखमा रिहा गर्ने आदेश जारि गरेको थियो ।
प्रतिवादी कृष्णकुमार यादवले भारतको समेत नागरिकता लिएको भन्दै उपप्रमुख मिरा, उनका श्रीमान महेन्द्र र स्थानीयवासी सहदेव यादवबिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दायर गरेका थिए ।
डाक्नेश्वरी नगरपालिका ३ निवासी कृष्ण कुमार यादवले गत असार १७ गते मिरा, उनका पति महेन्द्र र स्थानीय सहदेव यादवविरुद्ध नेपाल र भारतका गरी दुई देशको नागरिकता लिएको भन्दै नागरिकता सम्बन्धि कसुर मुद्दा दर्ता गराएका थिए ।
प्रहरीले.उक्त मुद्दा दर्ता गर्न आलटाल गरे पछी उनी अदालत पुगेका थिए । उच्च अदालत जनकपुृर–राजविराज इजलाशले उक्त मुदा उपर सुनवाई गर्दैै परमादेश जारी गरेको थियो । त्यस पछी प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो ।
भारतको निर्वाचन नामावली २०२२ मा बिहार राज्यको क्रम संख्या ६३२ मा महेन्द्र र ६३३ मा मिराको नाम रहेको विवरण सुचीका साथै अनुमण्डलीय न्यायलय निर्मलीमा महेन्द्र र मिराले पेश गरेको शपथ पत्र तथा भारतीय निर्वाचन आयोगबाट लिएको पहिचान पत्र समेत उजुरी मार्फत पेश गरिएको थियो ।
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
सारांश
- न्यायाधिश लालकाजी श्रेष्ठको इजलाशले महेन्द्रलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
- अदालतको आदेश पश्चात् महेन्द्रलाई राजविराज कारागार चलान गरिएको सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।
- उक्त मुद्दाको अनुसन्धानको क्रममा प्रहरीको फरार सूचीमा रहेका महेन्द्र भने बिहीबार नै अदालतमा आफै उपस्थित भएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया