महिला हत्यामा संलग्न चार पक्राउ

राजविराज राजविराज
|
सोमबार, कार्तिक १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
महिला हत्यामा संलग्न चार पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै दुई पुरुष र दुई महिलालाई सार्वजनिक गरेको हो ।
  •     पक्राउ परेकाहरुमा राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साह रहेका छन् ।
  •       पक्राउ परेका चारै जना हत्या गरिएका देवका छिमेकी हुन् ।

दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक । 
    दशैंको टिकाको दिन सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै दुई पुरुष र दुई महिलालाई सार्वजनिक गरेको हो ।
    पक्राउ परेकाहरुमा राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साह रहेका छन् । 
    पक्राउ परेका चारै जना हत्या गरिएका देवका छिमेकी हुन् । ती मध्ये शंकर र सुरज राजविराज नगरपालिकाको स्विपर पदमा कार्यरत कर्मचारी हुन् ।
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक राजेन्द्र विष्टले हत्या व्यक्तिगत रिसिइबीका कारण भएको दाबी गर्दैै हत्यामा संलग्न रहेकाहरुले मृतक देवको अनुहारमा ईटा प्रहार गरि हत्या गरेको जानकारी दिए । अनुसन्धानका क्रममा देवको हत्यामा छिमेकी शंकर र सुरजको प्रत्यक्ष संलग्नता रहेको तथा चनरदेवी र मुन्नीदेवीले सघाएको प्रहरी उपरिक्षक विष्टको भनाई छ ।
    प्रहरीले घटनास्थलमा वरामद रगतले लत्पतिको इटा र मृतकको मोवाईवाट अनुसन्धान सुरु गरेको थियो । हत्याको भोलीपल्ट मृतक देवको घरमा लागेको स्थानीयको भिडमा ती चारै जना पनि सहभागि थिए । प्रहरीले चाल नपाएको भन्दै ढुक्क भएका उनीहरु खुल्ला रुपले जिवन यापन गरिरहेका थिए । तर, प्रहरीले मृतकको घरवाट वरामद गरेको देवको मोवाईलको कल डिटेलको सुक्ष्म अनुसन्धान गर्दै जाँदा अपराधि पक्राउ गर्न सफल भएको डिएसपी भावेश रिमालले वताए ।
    पक्राउ परेका चारै जनालाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक विष्टले बताए । १८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको कुनै सन्तान छैन भने उनी घरमा एक्लै वस्दै आएकी थिईन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अख्तियारमा बोदेबरसाइनबाट सबैभन्दा बढी र राजगढबाट सबै भन्दा कम भ्रष्टाचार सम्बन्धी उजुरी
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
अस्पतालको उपचार खर्च तिर्न नसक्दा मुसहर दम्पत्ति बन्धक
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
बिकास र सम्बृद्धिका लागि दलहरु एकजुट हुनु आबश्यक ः अध्यक्ष यादव
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
शहीद गंगालाल राष्ट्रिय हुदयकेन्द्रको शाखा जनकपुरमा 
पुष्पलालको स्मृति दिवसमा रक्तदान
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
मोटरसाइकलले स्कारपियोलाई ठक्कर दिदा दुई घाइते
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
जनमतले आफ्ना प्रदेशसभा सदस्यहरुको कार्यशैली मुल्याङ्कनका लागि गरायो मतदान
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी 
प्रदेश सरकारको नियत ठिक छैन ः सहसंयोजक चौधरी