मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 

राजविराज राजविराज
|
मंगलबार, आश्विन २३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
मुआब्जाका लागि नेपाल तथा भारतका कोशी  पीडितले आ–आप्mनो भुमिमा आन्दोलन गर्ने 

सारांश

  •     सप्तरी सदरमुकाम राजविराजमा मंगलवार दुबै देशका कोशी पीडितहरुको वसेको संयुक्त बैठकले आन्दोलन चर्काउने तयारी गरेको जनाइएको छ ।
  •       बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतको जनअधिकार पार्टी बिहारका अध्यक्ष समेत रहेका कोशी पीडित उपेन्द्र सिह कुशवाहले मुआब्जाको समस्या दुबै देशको कोशी पीडितको साझा समस्या रहेकोले आफुहरु सरकारको ध्यानाकर्षण गराउन विभिन्न दवाबमुलक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए ।
  •       भारतीय कोशी पीडितद्वारा घोषित आन्दोलन कार्यक्रम अनुसार २०८० पौष ९ गते भारतको सहरसास्थित कोशी कमिशनरी कार्यालयमा एक दिने अनशन तथा २०८० माघ १० गते पटनास्थित विद्यानसभा भवन अगाडीसम्म पैदल मार्च गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज ।

    नेपाल र भारतका कोशी पीडितहरुले जायज माँग पुरा गराउन आ–आफ्नो भूमीमा आन्दोलन चर्काउने तयारी गरेको छ । 
    सप्तरी सदरमुकाम राजविराजमा मंगलवार दुबै देशका कोशी पीडितहरुको वसेको संयुक्त बैठकले आन्दोलन चर्काउने तयारी गरेको जनाइएको छ । 
    बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भारतको जनअधिकार पार्टी बिहारका अध्यक्ष समेत रहेका कोशी पीडित उपेन्द्र सिह कुशवाहले मुआब्जाको समस्या दुबै देशको कोशी पीडितको साझा समस्या रहेकोले आफुहरु सरकारको ध्यानाकर्षण गराउन विभिन्न दवाबमुलक कार्यक्रम गर्ने तयारी गरेको जानकारी दिए । 
    भारतीय कोशी पीडितद्वारा घोषित आन्दोलन कार्यक्रम अनुसार २०८० पौष ९ गते भारतको सहरसास्थित कोशी कमिशनरी कार्यालयमा एक दिने अनशन तथा २०८० माघ १० गते पटनास्थित विद्यानसभा भवन अगाडीसम्म पैदल मार्च गरी ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको छ । 
    यस्तै माग १९ गते भारतको राजधानी नयाँ दिल्ली पुगेर संसद भवन अगाडी धर्ना, प्रर्दशन  र ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको कुशवाहले जानकारी दिए । 
    यस्तै सीमावर्ती भारतीय बाजारका समेत दर्जनौ ग्रामपञ्चायत बाढी र डुवान कटानको चपेटामा परी घरबार विहीन बनेको भारतीय कोशी पीडित संघर्ष समितिका अध्यक्ष कुशवाहको भनाई छ । 
    उनले कोशीको कहर नेपालका सप्तरी, सुनसरी र उदयपुर जिल्लाका साथै भारतको पिपरा, खुर्ग, विसनपुर, भटियाही, कुनौली, कमलपुर, डगमारा, दिघिया, वनैनिया, न्योर मझारी तथा वेलासिंगोर लगायतका हजारौ सर्वसाधारणलाई बेघर बनाएको बताए ।
    नेपाल तथा भारत दुबै तर्फका सरकारको उदासिनताका कारण आफुहरु मुआब्जाबाट बञ्चित रहेको र दुबै देशका सरकारलाई दवाब बनाउन आवश्यक भएको बैठकको निष्कर्ष रहेको उनले बताए । उनले कोशीको कहरले आफुहरुको क्षेत्रमा समेत खेतवारी, विद्यालय, स्वास्थ्य संस्था, मठमन्दिर, मस्जिद बगाएर उजाड तुल्याउने गरेको तर सरकारको ध्यान पुग्न नसकेको सुनाए । 
    सप्तरी, उदयपुर र सुनसरी कोशी डुवान तथा कटान संघर्ष समितीका संयोजक महिदेव प्रसाद चौधरीले दुबै तर्फका कोशी पीडितले आ–आप्mनो भुमिमा जायज माँग पुरा गराउनका लागी आन्दोलन मार्फत आ–आप्mनो सरकारलाई दवाब दिने सहमती भएको बताए । 
    उनले नेपाल तथा भारतका कोशी पीडितहरुको जायज माँग पुरा गराउन आफुहरुले आप्mनो सरकारलाई दबाब दिन आन्दोलनको कार्यक्रम तय गरेको जानकारी पनि दिए । उनले केही कारणवश स्थगन गरिएको आन्दोलन फेरी शूरु गर्ने तयारी भईरहेको बताए । 
    वि.स. २०११ सालमा नेपाल–भारतबीच भएको कोशी सम्झौता अनुसार योजना अन्तर्गत परेको जग्गाको मुआब्जा तथा क्षती भएको बालीनालीको क्षतिपूर्ती भारत सरकारले दिनु पर्ने उल्लेख छ । तर तीन पृुस्ता वितिसक्दा पनि अझै मुआब्जा पाउन नसकेको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरु संर्घष समिती नै गठन गरी आन्दोलन गर्दै आएका छन् । 
    सप्तरी र सुनसरी बीचको सीमामा पर्ने कोशी ब्यारेज पृुल निर्माणका क्रममा भारत सरकारले आसपासका सर्वसाधारणको जग्गा अधिग्रहण गरेको झण्डै ६८ वर्ष वितिसक्दा पनि आफुहरुले सम्झौता अनुसारको मुआब्जा पाउन नसकेको कोशी पीडितको गुनासो छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह