महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा

राजविराज राजविराज
|
आइतबार, कार्तिक १९, २०८०
|
|
२९ पटक हेरिएको
Shares
महिला तथा बालबालिकाको हकहित सम्बन्धी ज्ञान बाढ्दै आशा

सारांश

  •     महिला तथा बालबालिका अधिकार नेपाल सप्तरीको अध्यक्ष रहेकी ३२ वर्षिया साह जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ सप्तरीको जिल्ला कार्य समिती सदस्य समेत हुन ।
  •       महिला तथा बालवालिका अधिकारको क्षेत्र हुदै सक्रिय राजनीतिमा होमिएकी उनले महिला तथा बालबालिकाको हकहितका लागी विभिन्न कार्यक्रम लिएर हाल टोल टोलमा पुग्न थालेकी छिन् ।
  •       उनले जिल्लामा बढ्दो आत्महत्या, महिला हिंसा, बालश्रम, दाईजो, लागु औषधको प्रयोग लगायतका विकृति प्रति चिन्ता ब्यक्त गर्दै यसको न्यूनिकरणका लागी सचेतना बाड्न व्यस्त भएकी छिन् ।

दैनिक समाचारदाता
राजविराज, १९ कात्तिक । 

    राजविराज ३ की आशा कुमारी साह महिला तथा बालबालिका अधिकारका लागी धेरै कानुन बनाएपनि प्रभावकारी कार्यान्वय हुन नसकेको गुनासो पोखेकी छिन । 
    महिला तथा बालबालिका अधिकार नेपाल सप्तरीको अध्यक्ष रहेकी ३२ वर्षिया साह जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी महिला संघ सप्तरीको जिल्ला कार्य समिती सदस्य समेत हुन । 
    महिला तथा बालवालिका अधिकारको क्षेत्र हुदै सक्रिय राजनीतिमा होमिएकी उनले महिला तथा बालबालिकाको हकहितका लागी विभिन्न कार्यक्रम लिएर हाल टोल टोलमा पुग्न थालेकी छिन् । 
    उनले जिल्लामा बढ्दो आत्महत्या, महिला हिंसा, बालश्रम, दाईजो, लागु औषधको प्रयोग लगायतका विकृति प्रति चिन्ता ब्यक्त गर्दै यसको न्यूनिकरणका लागी सचेतना बाड्न व्यस्त भएकी छिन् । 
    स्नातकतह सम्मको अध्ययन गरेकी उनले बनाइएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको र अर्काे तीर चेतनाको अभावमा यस्ता विकृतिहरु ठूलै समस्या बन्दै गएको गुनासो पोखिन । उनले यस्ता विकृति न्यूनिकरणका लागी आफुले तयार पारेको खाकामा सबैले साथ र सहयोग दिन सके सार्थकता पाउने विश्वास समेत ब्यक्त गरेकी छिन । 
    अभिभावकले आ–आफनो सन्तानलाई नियमित विद्यालय पठाउनु पर्ने, महिला हिंसा, आत्महत्या, लागु औषध, बालविवाह, बालश्रम लगायतका विकृति विरुद्ध प्रशिक्षण दिनु पर्ने, यसका कानुन र नियमको कडाईका साथ पालना गर्न÷गराउनु पर्ने लगायतको योजना उनको खाकामा समेटिएको छ । आपूm महिला भएकाले महिला तथा बालबालिकाको समस्यालाई पहिलो प्राथमिक्तामा राखेको उनको कथन छ ।
    मधेशमा महिलाई घरबाहिर निस्केर राजनीति र सामाजिक गतिविधी सक्रियताका साथ गर्न त्यती सहज नभएपनि आफ्नो घर परिवारको साथ र सहयोगले सहज बनाएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
हरवाचरवा अधिकार माग्दै पैदलै राजविराजदेखी जनकपुर प्रस्थान
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्रीसहित सात जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
कोरोना कहरबीच शितलहरले  अतिविपन्न परिवार थप जोखिममा
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
सरस्वती पुजा धुमधामका साथ मनाईयो
सरस्वती पुजा धुमधामका साथ मनाईयो
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
जसपाले मधेश प्रदेश सरकारको नेतृत्वमा  दाबी गर्ने ः प्रदेशसभा सदस्य साह
सप्तरीका हजयात्रीलाई बिदाई
सप्तरीका हजयात्रीलाई बिदाई
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
तिलाठी र रुपनी गापाद्वारा अपाङता भएका व्यक्तिलाई सम्मान
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी