प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन

राजविराज राजविराज
|
आइतबार, मंसिर १०, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन

सारांश

  •     युथ नेपालले प्रतिष्ठान सूचारु गर्न माग गर्दै दबाब रुवरुप घोषणा गरेको एक हप्ते आन्दोलन अन्तरगत आइतबार प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
  •       आन्दोलन समितिका संयोजक सत्येन्द्र यादवद्वारा बुझाइएको ज्ञापनपत्रमा प्रतिष्ठान निर्माणका लागि विभिन्न आर्थिक वर्षमा रकम बिनियोजित गरेपनि काम हुन नसकि रकम फ्रिज भएको जनाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७८ साल असार २२ गते भवन निर्माणका लागि शिलान्यास भइसकेर हालसम्मको प्रगति डिपिआर मात्र भएको उल्लेख छ ।
  •       प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र संचालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन भन्दै राज्यले नै गरेको घोषणा पुरा गर्न तदारुकता देखाउन आग्रह गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान अबिलम्ब सूचारु गराउन माग गर्दै आन्दोलनरत सप्तरी युथ नेपालले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । 
    युथ नेपालले प्रतिष्ठान सूचारु गर्न माग गर्दै दबाब रुवरुप घोषणा गरेको एक हप्ते आन्दोलन अन्तरगत आइतबार प्रमुख जिल्ला अधिकारी किरण थापामार्फत प्रधानमन्त्रीलाई उक्त ज्ञापनपत्र बुझाएको हो । 
    आन्दोलन समितिका संयोजक सत्येन्द्र यादवद्वारा बुझाइएको ज्ञापनपत्रमा प्रतिष्ठान निर्माणका लागि विभिन्न आर्थिक वर्षमा रकम बिनियोजित गरेपनि काम हुन नसकि रकम फ्रिज भएको जनाउँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २०७८ साल असार २२ गते भवन निर्माणका लागि शिलान्यास भइसकेर हालसम्मको प्रगति डिपिआर मात्र भएको उल्लेख छ । 
    प्रतिष्ठानको निर्माण कार्यलाई यथासिघ्र संचालनमा ल्याई नेपाली जनतालाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि सहयोग गरिदिन भन्दै राज्यले नै गरेको घोषणा पुरा गर्न तदारुकता देखाउन आग्रह गरिएको छ । विज्ञप्तिमा काम सुरु नभए निरन्तर आन्दोलनमा लागिरहने जानकारी समेत दिइएको छ ।  
    यसअघि शनिबार युथ नेपालले सत्येन्द्र यादवको संयोजकत्वमा १८ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको थियो ।
    आन्दोलनका कार्यक्रम अनुसार मंसिर १० गते जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाउने, मंसिर ११ गते ¥याली प्रदर्शन, मंसिर १२ गते सिटी जुलुस प्रदर्शन, मंसिर १३ गते दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, मंसिर १४ गते जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र मंसिर १५ गते सोही कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने कार्यक्रमका साथै आन्दोलनमा समग्र जिल्लाका राजनीतिज्ञ, बुद्धिजिवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीसहित सबैसँग सहयोगका लागि अनुरोध समेत गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह