उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी

राजविराज राजविराज
|
आइतबार, पौष १५, २०८०
|
|
२८ पटक हेरिएको
Shares
उच्च अदालत बार एशोसिएशनमा दुई पद बाहेक  अध्यक्षसहित लोकतान्त्रिक समूहका बिजयी

सारांश

  •     शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् ।
  •       लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए ।
  • सोही प्यानलबाट सदस्यहरुमा डा.

दैनिक समाचारदाता
राजविराज, १५ पुस । 

    कानुन व्यवसायीहरुको साझा संगठन उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा लोकतान्त्रिक कानून व्यवसायी समूहका कानुन व्यवसायी हरेराम यादव बिजयी भएका छन् ।     उनी प्रगतिशिल पेशागत समावेशी कानून व्यवसायी समुहका तर्फबाट उम्मेदवार बनेका बलराम सिंहलाई १७ मतले पराजित गरि बिजयी भएका हुन् । अध्यक्ष यादवले १ सय ३ मत ल्याए भने सिंहले ८६ मत प्राप्त गरे । 
    शनिबार सम्पन्न निर्वाचनमा सचिव र एक सदस्य बाहेक सम्पूर्ण पदाधिकारी लोकतान्त्रिक कानून व्यवसायी समूहका निर्वाचित भएका छन् । 
    लोकतान्त्रिक कानून व्यवसायी समूहबाट अध्यक्षसहित उपाध्यक्ष धमेन्द्र यादव र कोषाध्यक्षमा उमाशंकर देव निर्वाचित भए । सोही प्यानलबाट सदस्यहरुमा डा. संतोष कुमार चमन यादव, दिनेश कुमार सिंह, डा. शिव नारायण यादव, रामचन्द्र मण्डल, राज कुमार साह, नित्यदेव प्रसाद यादव, किसुन देव ठाकुर र कौशल किशोर दत्त निर्वाचित भए । यस्तै प्रगतिशिल पेशागत कानुन व्यवसायी समूहबाट सचिवमा दानो कुमारी चौधरी र सदस्यमा राजकुमार टरैत निर्वाचित भए । 
    सह–सचिव पदमा भने दुबै प्यानलबाट उम्मेदवारी नपरेपछी सो पद रिक्त हुन गएको र उक्त पद पछी मनोनयन प्रक्रियाबाट पूर्ती गरिने निर्वाचन समितिले जनाएको छ । 
    यसअघि केन्द्रिय पार्षद पदमा डा. देव नारायण यादव, रणधिर कुमार कर्र्ण, अशोक कुमार झा, बलविर चौधरी, बालाकृष्ण ढुंगाना, मिथलेश चन्द्र लाभ, गुञ्जेश्वर प्रसाद यादव, राम नारायण देव र भुप नारायण यादव निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक धिरेन्द्र कुमार यादवले जानकारी दिए । 
    दुई वर्षे कार्यकालका लागी हुने एशोसिएशनको निर्वाचनमा कुल २ सय ३ मतदाता रहेकोमा १ सय ९२ मत खसेको थियो ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
सप्तरी प्रिमीयर लिगको चौथो  संस्करणका लागि खेलाडी दर्ता खुला
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
डा. केसीको समर्थनमा  चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
छोरालाई कुटपिट गर्नेलाई बुवाद्वारा कारवाहीको माग 
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
एनएमबी बैंकको दुई स्थानमा शाखारहित बैकिङ कारोबार सुरु
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
प्रतिबन्धित लागुऔषध  गाँजासहित ट्रक चालक पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ
चोरी शिकारीमा पूर्वडिआइजी, पूर्वउपसभामुखका छोरा, बहालवाला सईसहित १० जना पक्राउ