राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २१, २०८०
|
|
२१ पटक हेरिएको
Shares
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ

सारांश

  •     मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले फागुन ५ गते अभिभावकलाई ह्वाट्सएपबाट कल गरि छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् ।
  •       पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं.
  • १० बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उपमहानगरपालिका ३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २१ फागुन । 

    राजविराज वडा नं. ७ निवासी एक युवकको अपहरण गरि अभिभावकसँग फिरौती माग गर्ने दुई युवक र एक युवती गरि तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । 
    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले फागुन ५ गते अभिभावकलाई ह्वाट्सएपबाट कल गरि छोरालाई अपहरण गरेको धम्की दिँदै पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् । 
    पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नं. १० बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उपमहानगरपालिका ३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।
    प्रवक्ता महतोका अनुसार उनीहरूले गत फागुन ५ गते बिहान सप्तरी राजविराज नगरपालिका वडा नं. ७ बस्ने पीडितलाई ह्वाट्सएपबाट कल गरी ‘तपाईंको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईंको छोरालाई मारी दिन्छु’ भन्दै धम्की दिएका थिए । 
    पीडितलाई विभिन्न किसिमको डर त्रास देखाई विभिन्न व्यक्तिहरूको फरकफरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गर्न लगाएका थिए । 
    उनीहरूले ह्वाट्सएपको प्रोफाइल पिक्चरमा प्रहरी वरिष्ठ अधिकृतको फोटो समेत दुरुपयोग गरेको देखिएको प्रवक्ता महतोको भनाई छ । 
    पीडितको जाहेरीको आधारमा सो विषयमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएका उनीहरूलाई फागुन १८ गते पक्राउ गरेको हो । 
    पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाइन) शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि दिन ७ म्याद थप गरी अनुसन्धान भइरहेको महतोले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?