जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ९, २०८०
|
|
१७ पटक हेरिएको
Shares
जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी वर्तमान गठबन्धन ः राप्रपा अध्यक्ष लिङदेन

सारांश

  •     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरीद्वारा शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
  •       अहिलेको सत्ता समिकरण स्वार्थ समुहको झुण्ड मात्र रहेको भन्दै उनले यसबाट मुलुकको समस्या समाधान नहुने समेत बताए ।
  •       यस अघि पछिल्लो संसदीय निर्वाचन लगतै बनेको सरकारमा विकास, सुशासन र स्थिरता हासिल हुन सकोस भनी नीति सिद्धान्त नमिल्दा पनि आफुहरु सरकारमा केही समयका लागी सहभागी भएपनि सोचे जस्तो लक्षण नदेख्दा बाहिरिएको स्पष्ट पारे ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जसरी भएपनि सत्तामा पुग्न र सत्ता टिकाउनका लागी बर्तमान गठबन्धन बनेको बताएका छन् । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरीद्वारा शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।  
    अहिलेको सत्ता समिकरण स्वार्थ समुहको झुण्ड मात्र रहेको भन्दै उनले यसबाट मुलुकको समस्या समाधान नहुने समेत बताए । 
    यस अघि पछिल्लो संसदीय निर्वाचन लगतै बनेको सरकारमा विकास, सुशासन र स्थिरता हासिल हुन सकोस भनी नीति सिद्धान्त नमिल्दा पनि आफुहरु सरकारमा केही समयका लागी सहभागी भएपनि सोचे जस्तो लक्षण नदेख्दा बाहिरिएको स्पष्ट पारे ।
    मुलुक धर्मनिरपेक्षताका कारण हिन्दु धर्ममाथी निरन्तर विभिन्न वहानामा प्रहार भइरहेको बताउदै उनले मधेश प्रदेशमा पनि त्यसको असर देखिएको दाबी गरे ।
    मुलुकको अवस्था हेरेर नियोगको रुपमा रहे पनि राजसंस्था आवश्य रहेको बताउँदै उनले त्यसका लागी पार्टीले अघि सारेको नीति समय सापेक्ष देखिन थालेको जिकिर गरे । 
    आफुहरुका लागी सरकारमा जानेका कुरा प्राथमिक्ताको विषय नरहेको कुरा प्रष्ट पार्दै उनले आन्दोलनलाई अगाडी बढाउने अभियान जारी रहेको उल्लेख गरे । 
    गृहमन्त्री रवी लामिछानेको विषयमा अहिले उठेको प्रश्नको बारेमा राखिएको जिज्ञासामा अध्यक्ष लिङ्गदेनले प्रश्न उठिसकेपछि त्यसको टुङ्गो नलागे सम्म गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उत्तम हुने विचार ब्यक्त गरे । 
    उनले संघियताका लागी मधेशले ठूलो बलिदान गरेपनि सत्ता स्वार्थका कारण संघियताको प्रत्याभुती मधेशी जनताले गर्न नपाएको टिप्पणी गरे । 
    उनले राप्रपाद्वारा काठमाडौमा हुन लागेको विशाल जनप्रर्दशनमा सहभागी हुन मधेशका जनतालाई निम्तो दिन पनि आफुहरु आएको बताए । 
    राप्रपाका जिल्ला अध्यक्ष उम्मदेश्वर साहको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रिय उपाध्यक्ष बुद्धिमान तामाङ, रविन्द्र मिश्र, महिला संगठन विभाग प्रमुख कुमारी तामाङ, प्रशिक्षण विभाग प्रमुख खुश्वु ओली, मधेश प्रदेश कमिटी सदस्य विनोद कुमार पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?