आगलागिले वडा सदस्यको घर खरानी 

राजविराज राजविराज
|
बुधबार, जेठ ३०, २०८१
|
|
२४ पटक हेरिएको
Shares
आगलागिले वडा सदस्यको घर खरानी 

सारांश

  •     आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ ।
  • राती ९ बजेतिर लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।
  • उनले आगलागिको कारण भने खुल्न नसकेको जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज ३०, जेठ ।  

    राजविराज वडा नं. ६ का वडा सदस्य ६५ वर्षिया लिलादेवी सरबरियाको घरमा मंगलबार राती आगलागि भएको छ । 
    आगलागिबाट फुस र टिनले बनेको उनको दुई वटा घर जलेर पूर्ण रुपमा खरानी भएको छ । राती ९ बजेतिर लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्रको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । उनले आगलागिको कारण भने खुल्न नसकेको जनाएका छन् ।
    आगलागिले धान, गहँु, चामल, भाडाकुडा र फर्निचर सबै पूर्ण रुपमा जलेर नष्ट भई पाँच लाख भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 
    यता वडाअध्यक्ष शशी चौधरीले उक्त घटना शंकास्पद भएको बताएका छन् । खाना खाएर ढोका बन्द गरी सरबरिया केही समयका लागि छिमेकीको घरमा टिभि हेर्न गएको बेला अचानक आगलागि हुनु शंकास्पद छ, वडाअध्यक्ष चौधरीले भने, “यसको सुक्ष्म अनुसन्धान हुनुपर्छ ।”
    अग्निपीडित बृद्धा सरबरिया पनि कसैले पुरानो रिसइबीका कारण आगजनी गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सो बारे छानबिन गर्न माग गर्दै प्रहरीमा उजुरी दिएको बताएकी छिन् । प्रहरीले आगलागि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हनुमाननगरका नगर प्रमुख संक्रमित
हनुमाननगरका नगर प्रमुख संक्रमित
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार
महिला वडा सदस्यद्वारा वडा  अध्यक्षमाथी चप्पल प्रहार
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
मधेशी अधिकारका लागि संगठित अभियानको नेतृत्वकर्ता स्व. सिंहको सम्झनामा “स्मृती भवन तथा संग्रहालय” निर्माण हुदै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
सप्तरीमा संविधान दिवस, कतै उत्सव त कतै बिरोधको रुपमा मनाइए
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
लागूऔषध र साइबर क्राइम जस्ता अपराधबाट टाढा रहन सुझाव
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
खाल्डो खनेर राखेको अवस्थामा पेस्तोलसहित राम पक्राउ
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी